Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

समता घरेलु लघुवित्तको २५ प्रतिशत लाभांश पारित

काठमाडौं । समता घरेलु लघुवित्तको २५ प्रतिशत लाभांश पारित भएको छ । पौष ७ गते बुधबार सम्पन्न लघुवित्तको आठौं वार्षिक साधारणसभाले सेयरधनीलाई वितरण गर्ने २५ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो । यससँगै, लघुवित्तको सेयरधनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) पाउने भएका छन् ।
यस्तै साधरणसभाले आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन पनि पारित गरेको छ । त्यसैगरी सभाले आगामी चार वर्षको लागि संस्थापक समुहबाट ४ जना र सर्वसाधारण समुहबाट २ जना गरी ६ जना संचालकलाई निर्वाचित गरेको छ ।
निर्वाचनमार्फत चयन हुनेमा संस्थापक समुहबाट डम्मर मणि थेवे लिम्बु, राजेश्वर प्रसाद आचार्य, हरिबहादुर भण्डारी र विश्वराम खड्का रहेका छन् भने सर्वसाधारण समुहबाट सर्वसम्मत रुपमा चयन हुनेमा भक्तराम खड्का, अनुपा ओझा र निरंजन पराजुली रहेका छन् । जसमध्ये डम्मर मणि थेवे लिम्बु सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतिबाट चयन भएका छन् । साथै उक्त बैठकले स्वतन्त्र सञ्चालकको रुपमा निरंजन पराजुलीलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।


सम्बन्धित समाचार

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल