Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

समता घरेलु लघुवित्तको २५ प्रतिशत लाभांश पारित

काठमाडौं । समता घरेलु लघुवित्तको २५ प्रतिशत लाभांश पारित भएको छ । पौष ७ गते बुधबार सम्पन्न लघुवित्तको आठौं वार्षिक साधारणसभाले सेयरधनीलाई वितरण गर्ने २५ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो । यससँगै, लघुवित्तको सेयरधनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) पाउने भएका छन् ।
यस्तै साधरणसभाले आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन पनि पारित गरेको छ । त्यसैगरी सभाले आगामी चार वर्षको लागि संस्थापक समुहबाट ४ जना र सर्वसाधारण समुहबाट २ जना गरी ६ जना संचालकलाई निर्वाचित गरेको छ ।
निर्वाचनमार्फत चयन हुनेमा संस्थापक समुहबाट डम्मर मणि थेवे लिम्बु, राजेश्वर प्रसाद आचार्य, हरिबहादुर भण्डारी र विश्वराम खड्का रहेका छन् भने सर्वसाधारण समुहबाट सर्वसम्मत रुपमा चयन हुनेमा भक्तराम खड्का, अनुपा ओझा र निरंजन पराजुली रहेका छन् । जसमध्ये डम्मर मणि थेवे लिम्बु सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतिबाट चयन भएका छन् । साथै उक्त बैठकले स्वतन्त्र सञ्चालकको रुपमा निरंजन पराजुलीलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।