Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

समयअनुसार नृत्यमा धेरै सुधार आएको छ

सुनीता वस्नेत, नृत्यांगना
नेपाली नृत्य विधामा काम गर्दा आफुलाई औधी खुशि लाग्ने र यसै क्षेत्रमा निरन्तर लागिरहने मनसाय बनाएका हालका चर्चित नृत्य निर्देशक सुनिता वस्नेतले नृत्य निर्देशनको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाई सकेकी छन् । यसै क्षेत्रमा कृयाशिल रहने सोच बनाएकी सुनिताले एक दर्जन म्युजिक भिडियो निर्देशन गरिसकेकी छन् भने दर्जनौ स्टेज कार्यक्रमहरूमा आफ्ना प्रस्तुति पस्किसकेकी छन् । नृत्यसंगै समाजसेवामा समेत सकृय रहदै आईरहेकी कारण विभिन्न संघ, संस्थाबाट सम्मानित सुनितासँग गरेको संक्षिप्त कुराकानी
० यो क्षेत्रमा कसरी प्रवेश गर्नु भयो ?
– सानोमा पनि मलाई नाच्न सारै रहर लाग्थ्यो । गाउँघरमा बिवाह, सत्यनारायण पुजा आदि कार्यक्रम हुँदा नाच्ने गर्थे । पछि पुतलीसडकको कल्चर सेन्टरमा नृत्य प्रशिक्षण लिए, बिस्तारै यो क्षेत्रमा लागियो ।
० नृत्यमा नै जोड दिनुको कारण ?
– गाउँ, टोलमा पुजा विवाह व्रतबन्ध आदी हुँदा गीत, संगित बज्ने वित्तीकै कुदि हाल्थे । नाच्न भनेपछि सारै रमाईलो लाग्थ्यो । स्कुल जाँदा जाँदै बाटोमा कसैको विवाह भएको देखे विद्यालय नै जान छोडेर म उतै नाचेर बस्थे । मेरो अभिरुचीको विषय भएका कारण पनि यसै पेशामा लागेको हुँ ।
० कसरी स्थापित हुन सफल हुनु भयो ?
– सुरुमा मैले नाच्ने क्रममा अग्रज नृत्य निर्देशकहरूसंग भेट भयो उहाँहरूको साथमा काम गर्ने अवसर पाए । उहाँहरूसँगै काम गर्दा गर्दै म्यजिक भिडियोमा काम गर्न थालियो । सबै खाले नृत्यमा मैले प्रशिक्षण लिएको कारण पनि भिडियोमा काम गर्न सहज लाग्थ्यो । स्टेज कार्यक्रममा पनि ग्रुप डान्स गर्नु पर्दा सजिलै गीतको भाव सुहाउँदो प्रस्तुति दिन सक्ने भएकी कारण मलाई चिन्नुहुने कार्यक्रम आयोजकहरूले आफ्ना कार्यक्रममा मलाई छुटाउँनु हुन्नथ्यो । यसै गरि एक पछि अर्को गर्दै आजको अवस्थामा पुग्ने अवसर मिल्यो ।
० नृत्यमा पारिश्रमीक कम छ, काम गर्न गारो छ भन्छन् नि ?
– भिडियो गर्दा पारिश्रमीकको त कुरै छाडौै चना, चिउराको भरमा पनि काम गरियो । सुरु सुरुको बेला आफुलाई पैसा भन्दा पनि काम कसरी राम्रो गर्ने भन्ने चिन्ता रहन्थ्यो । अहिले बिस्तारै सुधार हँुदैछ । यसै पेशाबाट पनि परिवार पालिएको छ कत्तिको । स्टेज कार्यक्रममा चाही भनेजति पारिश्रमिक पाईन्छ ।
० अहिले कस्तो छ त यो अवस्था ?
– नृत्यमा धेरै सुधार आएको छ । समय अनुसार अहिले पुरै चेन्ज भएको छ । म्यजिक भिडियो होस् वा स्टेज प्रोग्राम कसरी दर्शक रुचिको बनाउँने भन्ने कुराको पिरलो रहिरहन्छ । त्यसमा पनि अहिले डिजिटलाईज भएपछि धेरै कुरा परिर्वतन भएको छ । पहिला वान टेक वके भए ठिक थियो तर अहिले यो उल्टो नै भएको छ । जति सक्दो नयाँ प्रविधिको प्रयोग गर्न स्टाइल चाहिने भएका कारण यो पेशामा आउनेहरूलाई पनि सजिलो नै भएको छ । पहिलेको अवस्था र अहिले हेर्ने हो भने त आकास जमीनको फरक भएको छ ।
० अहिले तपाईको दैनिकी कसरी चलेको छ ?
– दैनिकी नै अहिले नृत्यमा वितेको छ । भ्याउन नै मुस्कील हुने गरेको छ । स्कुलमा पनि सिकाउँने भएको कारण अलि बढी नै ब्यस्त हुने गरेकी छु । पछिल्लो समय म्युजिक भिडियो बनाउनेहरू पनि बढेका कारण समय मिलाउन अलि समस्या हुने गरेको छ ।
० भिडियो निर्माताको पहिलो रोजाईमा पर्नुको कारण ?
– राम्रो काम देखाउन सके सबैले ख्याल गर्छन्, नत्र कसैले चालै पाउँदैनन् । जहाँसम्म मनपराउनुको सवाल छ त्यो मेरो काम प्रतिको ईमान्दारीता हो । कोसैले धेरै दिन लगाएर निर्मातालाई समय र खर्च बढाई दिन्छ भने म त्यही कामलाई कसरी कम समयमा सक्काउने भन्ने सोच राख्छु । यस हिसावले प्रोडुसरको पैसा पनि जोगीने । अनि त काम पाउन सहज भईहाल्छ नि ।
० कतिको सन्तुष्ट हुनुहुनछ ?
– आज जुन अवस्थामा छु त्यसमा म सन्तुष्ट छु । पैसा भन्दा ठुलो नाम पाएको छु ।
० अन्तमा के भन्न चाहनुहुन्छ ?
– नृत्य पेशा अंगालेर पहिलोको जस्तो भोक भोकै बस्नु पर्ने अवस्था भने छैन । तर आधुनिकतासँग भने फाईट गर्न सक्नु पर्यो । नयाँ पन हुनु प¥यो नयाँ आउनेहरूले पनि समयानुसार नयाँ पन दिन सकेको खण्डमा यो पेशालाई राम्रो रुपमा लिन सकिन्छ । अहिले नृत्यमा विविधता आएसंगै दर्शकहरूको रुचिलाई पनि ध्यान दिनु जरुरी भैसकेको छ ।