Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

समस्याको समाधानको जिम्मा प्रचण्डले लिए आत्मालोचना गर्छु = जनार्दन शर्मा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माथि विधि र पद्धतिको उल्लंघन गर्दै गुटबन्दी संचालन गरेको आरोप लगाउँदै ती सबैको जिम्मेवारी स्वयं अध्यक्षले लिनुपर्ने बताउनु भएको छ ।

आइतबार बसेको स्थायी समिति बैठकमा शर्माले पार्टीमा देखिएको अव्यवस्थाको प्रमुख कारण नेतृत्वको मनपरी प्रवृत्ति रहेको बताउनु भयो । स्थायी समितिका एक सदस्यका अनुसार शर्माले भन्नुभयो, अध्यक्ष प्रचण्डबाटै गुट सुरु भयो, त्यसपछि म पार्टीभन्दा टाढा पुग्न बाध्य भएँ।

शर्माले अध्यक्षले पार्टी पद्धति र अनुशासन तोडेको आरोप लगाउँदै भन्नुभयो, अध्यक्षले विधि, पद्धति नमान्नु दुखद हो, त्यसको जिम्मेवारी लिनुपर्छ। उहाँले जिम्मा लिएपछि मात्रै म आत्मालोचना गर्न तयार छु।

शर्माले केही समयअघि सार्वजनिक रूपमा अध्यक्षको नेतृत्वमाथि प्रश्न उठाएपछि माओवादी स्थायी समितिमा उहाँको आलोचना बढेको हो।

शनिबारको बैठकमा करिब २५ स्थायी समिति सदस्यले शर्माले पार्टी पद्धति उल्लंघन गरेको भन्दै आपत्ति जनाएका थिए।

पार्टीले स्थायी समिति सदस्यहरूलाई सामाजवादी मार्ग, वाम एकता, प्रतिपक्षको भूमिका, आगामी कार्यदिशा र महाधिवेशनको आवश्यकता जस्ता विषयमा सुझाव दिन भने पनि, बहसको फोकस उपमहासचिव शर्माको सार्वजनिक टिप्पणी र पार्टी एकताको विषयमा केन्द्रित रह्यो।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल