Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

समस्या हामीभित्रै छन् : पोखरेल

काठमाडौं । केपी ओली गुटमा लागेर पद पाउन सफल उपप्रधानमन्त्री ईश्वर पोखरेल अझै पनि पार्टीभित्रको गुटलाई उचालेर फाइदा लिन खोज्दैछन् । कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति सुरक्षाको विषय गम्भीर र चुनौतिपूर्ण बन्दै गएको बताएका छन् ।
काठमाण्डौं महानगरपालिका वडा नम्बर ४ मा प्रदेश सरकारद्वारा निर्माण गरिएको पार्कको उद्घाटन गर्दे उनले सार्वजनिक सम्पत्तिको सुरक्षा नै मुख्य चुनौतिको विषय बनेको बताएका हुन् ।
उनले मुलुकभर नै सार्वजनिक सम्पत्ति हडप्ने प्रवृत्ति देखिएको र त्यो प्रवृत्ति पार्टी भित्रै पनि देखिएको संकेत गरे । उनले सार्वजनिक जग्गा उपभोग गर्न खोज्ने व्यक्तिको नाम भने उल्लेख गरेनन् । उनले भने, अहिले एउटा हाम्रो अगाडि चुनौति छ । सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने, हामीहरु भित्रै समस्या छन् । म तपाईंहरुलाई तोकेर भन्न चाहन्न । हामी भित्रै समस्या छन् । सार्वजनिक सम्पत्ति व्यक्तिले लिन पाए, कब्जा गर्न पाए, उपभोग गर्न पाए, मजा मान्ने चिन्तन र प्रवृत्तिहरु छन् । यो गलत चिज हो । यसको विरुद्ध जुध्नुपर्छ । सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सबैको कर्तव्य हो ।


सम्बन्धित समाचार