Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

समाजवादीका नेता वंशीधर मिश्र भन्छन् शीर्ष नेताहरु बाहेक हामी एमालेमा जाने सम्भावना प्रबल छ

नेकपा एकीकृत समाजवादीका नेता वंशीधर मिश्रले पार्टीको एउटा समूह एमालेमा जाने सम्भावना रहेको बताएका छन् ।

उनले सकेसम्म पार्टी एकता गर्ने र त्यो सम्भव नभए शीर्ष नेताहरुबाहेक अरु एमालेमा जाने सम्भावना रहेको बताएका हुन् ।

निराश साथीहरुले अलग पार्टी बनाउनेतिर नजालान् भन्नसक्ने अवस्था छैन । जान सक्छन् । टप लेभलमा कुरा मिलेको छैन पार्टी एकताका लागि । हामी पर्ख र हेरमा छौं, मिश्रले भने, सकेसम्म सिंगो पार्टी नै एकीकरण गर्ने प्रयास गर्ने । यदि त्यो सम्भव भएन भने शीर्ष नेताहरु बाहेक हामी एमालेमा जाने सम्भावना नजिक छ ।

उनले एकीकृत समाजवादीले विद्रोहको औचित्य पुष्टि गर्न नसकेको बताए । हामी जुन कारणले फुटेको हो त्यो कारणलाई हल गरेर यो पार्टी एकीकरण गर्नुपर्छ, मिश्रले भने ।

पार्टीमा दशौँ महाधिवेशनले उत्साह दिन्छ भन्ने आशा भए पनि त्यो हुन नसकेको उनले बताए । पुराना, इमान्दार र कर्मठ मान्छेहरु पोलिटब्यूरोमा पनि आएनन् । पदाधिकारीमा पनि त्यस्तै दुर्घटना भयो । एकचोटी मात्रै केन्द्रीय कमिटीमा आएको मान्छे एकैचोटी उपमहासचिव भए । दुई चोटी भएका कोही उपाध्यक्ष भए । पुराना मान्छे हेरेको हेरेकै भए । यसले व्यापक असन्तुष्टि ल्याएको छ, उनले भने ।

मिश्रले अब पार्टी न एकीकरण हुन्छ न अगाडि बढ्छ यसको औचित्य छैन भन्ने ठानेर पार्टी फुटाउनुपर्छ भन्ने धारणा कतिपय नेताहरुमा आएको बताए ।

एउटा समूह यसैलाई करेक्सन गर्नुपर्छ, फेरि महाधिवेशन बोलाउने हो कि, यसलाई विघटन नै गर्ने हो कि रु नयाँ ढंगले जानुपर्छ कि भन्नेमा छ, उनले भने ।