Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय मान्यता प्राप्त नगरेपनि गठबन्धनमा भएको समझदारीका कारण नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्ने अवसर आफैमा रोचक विषय हो। तर, यो भन्दापनि रोचक चाहिँ पार्टीले चाहेमा निर्वाचित प्रतिनिधि सभाका सबै सदस्य मन्त्री बन्न सक्ने स्थिति हो। जस्तो कि, गठबन्धनमा सामेल दलहरुबीच भएको समझदारी अनुसार प्रतिनिधि सभाको यो कार्यकालमा तीनजना प्रधानमन्त्री हुनेछन्– प्रचण्ड, नेपाल र देउवा। नयाँ प्रधानमन्त्री आउनासाथ मन्त्रीपनि परिवर्तन भइहाल्छन्। ६ चैतमा हुने मतदानमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णयसँगै सरकारमा सहभागी हुने निर्णय सो पार्टीले गरिसकेको छ। माओवादीलाई एमालेसँगको गठबन्धनबाट छुटाएर ल्याउन र ओलीले अफर गरेको राष्ट्रपति पद अस्वीकार गरेकाले प्रचण्ड नेतृत्वको सरकारमा एकीकृत समाजवादीलाई सम्मानजनक स्थान दिन कांग्रेस र माओवादी दुबै सकारात्मक भएका हुन्। यस हिसावले यो दलले वर्तमान मन्त्री मण्डलमा कम्तिमा तीन जना सांसदलाई मन्त्री बनाउन सक्ने सम्भावना देखिन्छ। त्यसो हुँदा प्रचण्डपछि अध्यक्ष नेपाल र त्यसपछि देउवा प्रधानमन्त्री हुँदासमेत थप ३–३ जना सांसदहरुले मन्त्री बन्ने अवसर प्राप्त गर्नेछन्। निर्वाचित १० मध्ये अध्यक्ष नेपाल प्रधानमन्त्री बन्ने भएकाले बाँकी सांसदहरुको संख्या ९ हुन्छ। तर, तीन–तीन वटा सरकारमा तीन–तीन जनाका दरले मन्त्री बन्दा ९ जनाले यो अवसर प्राप्त गर्नेछन्। प्रतिनिधि सभामा निर्वाचितहरुलाई सरकारमा पठाउने निर्णय गरेमा मात्र एकीकृत समाजवादीका निर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाई मन्त्री बन्ने अवसर प्राप्त हुने हो। तर, संविधान अनुसार राष्ट्रिय सभाका सांसदहरु पनि मन्त्री हुन पाउँछन्। सो पार्टीबाट राष्ट्रिय सभामा ८ जना सदस्य छन्। ८ मध्ये ५ जना महिला छन्। मन्त्री मण्डलमा पठाइने नाम समावेशीपनि हुनुपर्ने तथा प्रतिनिधि सभामा महिला सदस्य नभएकाले एकीकृत समाजवादीले राष्ट्रिय सभाका कुनै सदस्यलाई मन्त्री मण्डलमा पठाउन सक्ने सम्भावना बढी छ। यो अवस्था र मन्त्री मण्डलमा तीन भन्दा बढी सिट प्राप्त नगरेको स्थितिमा चाहिँ तीन वटा प्रधानमन्त्रीको कार्यकालमा सो पार्टीका सबै प्रतिनिधि सभा सदस्यहरुले मन्त्री बन्ने अवसर नपाउन सक्छन्।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल