Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

समानुपातिकमा एमाले पहिलो, कांग्रेस दोस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो, माओवादी चौथो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ लाख भन्दा धेरै मत प्राप्त गरेको छ। निर्वाचन आयोगले दिएको जानकारीअनुसार प्रतिनिधि सभातर्फ अहिलेसम्म रास्वपाले १ लाख १ हजार ७०३ मत प्राप्त गरेको हो। रास्वपाले प्रत्यक्षतर्फ अहिलेसम्म ३ क्षेत्रमा जीत निकालिसकेको छ। घण्टी चुनाव चिन्ह लिएर पहिलोपटक निर्वाचनमा गएको रास्वपाले पुराना दलकै हाराहारीमा समानुपातिक तर्फ मत प्राप्त गरिरहेको छ। समानुपातिक प्रणालीको मतगणना चलिरहँदा माओवादी केन्द्र रास्वपा भन्दा पनि पछि देखिएको छ। समानुपातिक मतमा एमाले सबैभन्दा अगाडि छ। उसले अहिलेसम्म २ लाख २१ हजार ६५३ मत प्राप्त गरेको छ। दोस्रोमा नेपाली कांग्रेसले एक लाख ९८ हजार ७६९ मत प्राप्त गरेको छ भने माओवादी केन्द्रले अहिलेसम्म ९२ हजार १८४ मत मात्रै प्राप्त गरेको छ। उसले अहिलेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सीट पनि जित्न सकेको छैन।