Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

समाप्तितिर माओवादी क्रेज

काठमाडौं । माओवादी नेतृत्वले बोलेका कुरा काममा रुपान्तरण गथ्र्यो भने पार्टी तस्करी तन्त्र र भ्रष्टीकरणमा जोडिने थिएन । त्यो पार्टीमा बन्दूक बोकेका किनारा लागे, कोही खाडीमा छन् कोही रुस पुगेका छन् । अरुको स्वाभिमानका लागि लडेका छन् । जनताको सरोकारमा बोल्ने हो काम गर्ने होइन । किनकि नेपालको ब्यूरोक्रेसी माओवादी पक्षमा छैन । स्वार्थ पूरा गर्नेहरूले प्रधानमन्त्रीको सचिवालयका २ पात्र गंगा र रमेशसँगको सम्बन्धले योग्य नभए पनि प्रशासनिक तहमा ठूलो पद पाउँछन् । जस्तोसुकै भ्रष्ट होस् गंगा र रमेशलाई खुशी पार्दा अख्तियारले डाम्नबाट केही समय चलखेल गर्न पाउँछ । विकल पौडेल र सुनिल पौडेल तीनै पात्र थिए । यी दुवै विरुद्ध अख्तियारमा ३ वर्षदेखि अनुसन्धान चल्दै थियो । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पनि तिनै पात्र हुन् जसले क्रिश्चियन पर्यटनमन्त्री सुदन किराँतीलाई टेर्दैनन् । किराँतीले हावामा बन्दूक पड्काउँदै गर्दा पशुपति क्षेत्रको भद्रगोल सुधार्न लागेका छन् । हिन्दूत्वको क्षेत्रमा गैर प्रवृत्तिले प्रवेश पाएको छ । धार्मिक संंस्थाहरूमाथि प्रहार गर्ने मोआवादी चरित्रकै कारण मध्यमवर्ग र शहरीया जनताले माओवादीलाई मत दिँदैन । प्रचण्ड पहिलो प्रम भएका बेला डा. बाबुरामले नेवार समुदायमाथि प्रहार गरे । त्यो प्रहार गुठी विधेयकको नाममा एमालेका अध्यक्ष केपीले पनि गरे । तर यी दुवै असफल भएका हुन् । पैसा लिएर बद्नाम पात्र ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषमा उपाध्यक्ष बनाउनु, बौद्ध घ्याङगुठीमा भूपतिबज्र लामा (चिनियाँ लामा) लाई राख्नु नै ती धर्मसँग जोडिएको जनताको भावनामाथिको प्रहार हो ।
समाजको तल्लो तह गरिब जनताको हितमा झन माओवादीले कामै गरेन । प्रधानमन्त्री र गृहमन्त्री एउटै पार्टीका अध्यक्ष र उपाध्यक्ष छन् । त्यहाँ पार्टीको बिग्रदो अवस्थाको चिन्ता हुँदैन । बरु गुटको चिन्ता छ । डा. बाबुराम माओवादी फर्कनु र नफर्कनुको राजनीतिक उतारचढाव छैन । किनकि उनी पनि सानो घेरामा रमाउने आफैं मात्र जान्ने केपी ओली शैलीका शिकार हुन्, प्रधानमन्त्री प्रचण्डमा त्यो ओली प्रवृत्ति छैन । तर उनलाई घेराउमा पार्ने धन कुवेरहरू धेरै छन् । तिनकै साथले प्रचण्डका दुई छोरी र बुहारीका बंगला बनेका हुन् । मुखले सर्वहारा, कुरा वर्गीय, व्यवहार नवसामन्त माओवादीको रोग हो । माओवादीमा विचलन आउँदैनथ्यो भने जनयुद्ध लडेका, हतियार उठाएका सबैको कल्याणको व्यवस्थापन पार्टीले संविधानसभा निर्वाचनका दुई चरणमा गर्न सक्थ्यो । नेता बिग्रदैनथे भने युरोपेली युनियनको डलरले देव गुरुङ, सुरेश आले मगर, खड्ग विक, चन्द्रप्रकाश गजुरेललाई विभाजन गर्ने तागत देखाउँदैनथ्यो । जनता र कार्यकर्तालाई केही नदिए पनि माओवादी सांसद र पहिलो, दोस्रो र तेस्रो तहसम्मका नेताको बन्दोबस्त महाजन र मध्यमवर्गीय परिवार सरह छ । जो हिजोका भुक्का नै थिए ।
माओवादीले पशुपति क्षेत्र विकास कोषमा नियुक्त गर्न टुप्पी पालेका, जनै लगाएका, अग्निस्थापना, रुद्रि, कौमदी र गिता पाठ जानेका ब्राम्हण पार्टीमा पाएन ? हिन्दूहरूले लक्ष्मी मान्ने गाई काटेर खानेको बुद्धि यस्तै हुन्छ, कार्यालयमा बस्यो झाडू मोडलिङ गर्नेको बुद्धिमा झाडूकै ठेडी लागेको छ । परिवर्तन हुने त व्यक्ति आफैंले स्वीकारेपछि हो ।
माओवादीले भन्ने भौतिकवादी दर्शनले वेद अस्वीकार गर्दैन । त्यही बेदको चार खण्ड अथर्व, यजुर्व, समर र ऋग वेदभित्र विज्ञान छ । विज्ञानभित्र भौतिकवाद छ । भौतिक वादको चीर हरण गर्ने लुटवाद कम्युनिष्टहरूको सहारा बनेको कारण काम गर्छौं, पशुपतिभित्रको बेथिति हटाउँछौं भन्दा हिन्दू धर्मका नाममा खरानेवादीले साथ दिएनन् । त्यो सत्य माओवादीले बुझेन ।
हिजो माओवादीलाई मत दिएको जनता अब टाढियो । नेताको जीवनशैली पार्टीको काम गर्ने ढाँचा, नेतृत्व पाएकाहरूको स्वभावकै कारण पहिलो पार्टी तेस्रोमा पुग्यो । समानुपातिक प्रतनिधित्विको नाममा ठेकेदार, ठालू, तस्करलाई सांसद बनाउँदाको फल पाकिरहेको छ । युद्ध लडेकासँगै हिँडेकालाई काखी नच्याप्दा युद्धलाई नैतिक र भौतिक रुपले सहयोग गरेको ठूलो जमात पार्टीबाट अलग भएको छ । पार्टी सरकारमा छ, त्यो सरकारबाट तत्काल राहत जनता पाउँदैन । प्रधानमन्त्रीले दिएका निर्देशन कुनै मन्त्री र विभागीय प्रमुखले कार्यान्वयन गरेका छैनन् । जबकि प्रमको निर्देशन मान्न, अर्थ स्वास्थ्य, उद्योग बाणिज्य तथा आपूर्ति, श्रम तथा रोजगार, यातायात, कृषि मन्त्री फरक पार्टीका छन् । तिनका नेताले दिएको निर्देशन ती मान्दैनन् भने काँग्रेसी भ्रष्ट नायिका डा. आरजुलाई रानी साहेब भनेर चाकडी गर्नेले पुष्पकमल दाहाललाई मान्छ ? त्यसकारण पहिले आफू शुद्ध भए पो आफ्ना आदेश र निर्देशनले काम गर्छ । आफू अलकत्रा खाने अरुलाई खोया ठान्दा व्यहोर्ने दशा यस्तै हुन्छ ।


सम्बन्धित समाचार

गीताले ल्याइन ‘दियो कलश’

२०८१ बैशाख २१

ताजा नेपाल