Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

समीक्षालाई भ्याई नभ्याई

मेला र महोत्सवका कारण गायक–गायिकाहरुको व्यस्तता निकै बढेको छ । दैनिक जसो देशका विभिन्न स्थानमा हुने महोत्सवमा गायक–गायिकाहरु आफ्नो प्रस्तुति दिइरहेका छन् । समीक्षा अधिकारी पनि महोत्सवमा सर्वाधिक माग भएकी गायिका हुन् । समीक्षा हरेक दिनजसो कुनै न कुनै स्थानमा पुगेर आफ्नो प्रस्तुति दिइरहेकी छिन् । हालै मात्र उनले पोखरामा आयोजना भएको ‘सडक महोत्सव’मा आफ्नो प्रस्तुति दिइन् । यो बाहेक उनको व्यस्तता विदेशमा आयोजना हुने कार्यक्रममा पनि खुबै देखिन्छ । समीक्षाले केही दिन अगाडि मात्र दुबई र कतारमा आयोजना भएको साङ्गीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिएकी थिइन् । नेपाली साङ्गीतिक क्षेत्रमा समीक्षाले लोकप्रिय स्थान हासिल गरिसकेकी छिन् । उनको स्वरलाई मन पराउनेहरूको संख्या पनि ठूलो छ । यसैले, उनको माग महोत्सवमा निकै बढेको हो ।


सम्बन्धित समाचार