Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

समीक्षा स्टेजमा उक्लँदा दर्शकले गरे होहल्ला

काठमाडौं । संखुवासभामा गायिका समीक्षा अधिकारी सहभागी कार्यक्रममा विवाद भएको छ। संखुवासभाको खाँदबारी पाङ्ठामा शुक्रबार राति आयोजित सांगीतिक कार्यक्रममा समीक्षा स्टेजमा आउनासाथ दर्शकदीर्घाबाट होहल्ला भएको हो। तर कार्यक्रम स्थलमा प्रहरी तैनाथ भएका कारण तत्काल विवाद साम्य पारिएको र नराम्रो घटना हुन नपाएको प्रहरीले जनाएको छ। कतिपयले गायिका अधिकारीलाई स्टेजमा उक्लनासाथ ढुंगा हानिएको भने पनि प्रहरीले भने त्यस्तो नभएको दाबी गरेको छ।