Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

समृद्धि यात्रामा सहयोग गर्न एनआरएनएलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विदेश विभाग प्रमुख माधव कुमार नेपालले समृद्धिको यात्रामा सहयोग गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवनिर्वाचित टोलीलाई आग्रह गरेका छन् । एनआरएनएको नव निर्वाचित नेतृत्वको स्वागतमा नेकपाको विदेश विभागले आइतवार गरेको कार्यक्रममा नेता नेपालले विदेशमा हासिल गरेको ज्ञान, शिप र पूँजीलाई मातृभूमिको विकाशमा उपयोग गर्नुपर्ने बताए ।

उनले देशको विकास र समृद्धिको यात्रामा सघाउन नवनिर्वाचित पदाधिकारीहरुलाई आग्रह गरेका थिए । लगानीको सुरक्षा र प्रतिफलको ग्यारेन्टी गर्न सरकार तयार रहेको बताउँदै एनआरएनहरुका जायज माग पूरा गराउन आफूले पहल गर्ने नेता नेपालको भनाइ थियो । कार्यक्रममा एनआरएनएका नवनिर्वाचित अध्यक्ष कुमार पन्तले जन्मभूमिमा लगानी बढाएर विकास र समृद्धिको यात्रामा हातेमालो गर्न आफूहरु तयार रहेको बताएका थिए ।

नेपाललाई समृद्ध बनाउने प्रतिबद्धता

गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीहरुले नेपाललाई समृद्ध बनाउनको लागि आफ्नो प्रतिबद्धता जनाएका छन् । शनिबार राजधानिमा आयोजित एक कार्यक्रममा उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।नवनिर्वाचित अध्यक्ष कुमार पन्त, उपाध्यक्षत्रय सोनाम लामा, मन केसी र अर्जुनकुमार श्रेठ, महासचिव डा. हेमराज शर्मा, सचिव आर।के। शर्मा, सह–कोषाध्यक्ष लोक दाहाल, एशिया प्यासिफिक डेपुटी रिजनल कोअर्डिनेटर खगेन्द्र न्यौपाने, अमेरिका क्षेत्रिय महिला संयोजक उमा कार्कीथापालगायतले मुलुक समृद्ध बनाउनको लागि गैरआवासीय नेपालीले भूमिका खेल्ने बताए ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष कुमार पन्तले मुलुक समृद्ध बनाउनको लागि गैरआवासीय नेपालीहरुले अहम भूमिका खेल्दै आएकोले आगामी दिनमा नेपालको विकास र समृद्धिको लागि झन ठूलो योगदान पुर्याउने विश्वास दिलाए ।
पन्तले आफूहरुसँग अत्यन्त छोटो समय रहेकोले आफ्नो २ वर्षे कार्यकालमा यसअघि गरेका वाचा तथा प्रतिबद्धताहरु पूरा गरेरै छोड्ने पनि स्पष्ट पारे ।