Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सम्झनाका हत्या आरोपी सार्वजनिक

बझाङ । बलात्कारपछि हत्या गरिएकी बालिका सम्झना बिकको हत्या आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले बलात्कारपछि हत्या गरेको आशंकामा मष्टा गाउँपालिका–२ का राजेन्द्र बोहरालाई सार्वजनिक गरेको हो ।
गत असोज ७ गते गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी सम्झनाको शव मन्दिरमा भेटिएको थियो । उनको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको थियो ।पक्राउ परेका राजेन्द्रविरुद्ध अर्की बालिकालाई बलात्कार गरेको उजुरी समेत परेको प्रहरीले जनाएको छ ।