Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सम्पत्ति शुद्धीकरण मुद्दामा एमाले उपाध्यक्ष विष्णु पौडेलको म्याद थप

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको हिरासत अवधि थप ६ दिनका लागि लम्बिएको छ।

विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बुधबार तेस्रोपटक म्याद थप गर्ने आदेश दिएको हो।

पौडेललाई असार ८ गते सुर्खेतबाट सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको थियो। विभागले उनको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतबारे अनुसन्धान गरिरहेको जनाएको छ।

पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेललाई यसअघि पनि विशेष अदालतले दुई पटक म्याद थप गरिसकेको थियो। अनुसन्धान जारी रहेकाले अदालतले पुनः ६ दिनको म्याद थप गरेको हो।