Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सम्पादक वाग्लेलाई कृष्णसेन स्मृति पत्रकारिता पुरस्कार

काठमाडौं। रिपोर्टर्स क्लब नेपालले प्रदान गर्ने विभिन्न पुरस्कारहरुको घोषणा भएको छ । जसमा कृष्णसेन स्मृति पत्रकारिता पुरस्कार यस ताजा नेपाल डटकमकका सम्पादक ईश्वरीप्रसाद वाग्लेलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि २५ हजार रुपैयाँ छ । वाग्ले ३५ वर्षदेखि पत्रकारितामा सक्रिय छन् ।
यो वर्षको मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा उज्यालो मल्टिमिडिया प्रालीका कार्यकारी अध्यक्ष/सञ्चालक गोपाल गुरागाईँलाई प्रदान गर्ने भएको छ । रिपोर्टर्स क्लब नेपालको २३औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंको राष्ट्रियसभा गृहमा यही चैत्र १७ गते दिउँसो १२ः३० बजे आयोजना हुने विशेष समारोहमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त पुरस्कार प्रदान गर्ने छन् ।
नेपाली राजनीतिका चर्चित हस्ती, जनताको बहुदलीय जनवादका प्रणेता, विचारक एवं कुशल वक्ता नेकपा (एमाले) का पुर्व महासचिव मदनकुमार भण्डारीको स्मृतिमा स्थापित यो पुरस्कारको राशि १ लाख रुपैयाँको छ । गुरागाईँ विगत तीन दशकभन्दा अघिदेखि पत्रकारितामा सक्रिय छन् । त्यस्तै, यो वर्षको तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार रेडियो नेपालका समाचार महाशाखा प्रमुख डा। नवराज लम्साल र नेपाल टेलिभिजनका प्रमुख समाचार सम्पादक शालिक सुवेदीलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि ५० हजार रहेको छ ।
यसैगरी, यो वर्षको कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई प्रदान गरिने भएको छ । पण्डित विगत साँढे दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् । यो पुरस्कारको राशी ४० हजार रुपैयाँ रहेको छ । यसैगरि कृष्णसेन ईच्छुक स्मृति पत्रकारिता पुरस्कार ताजा खबर साप्ताहिकका सम्पादक ईश्वरी वाग्लेलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि २५ हजार रुपैयाँ छ । वाग्ले ३५ वर्षदेखि पत्रकारितामा सक्रिय छन् ।
त्यस्तै, यो वर्षको सहिद जगदजंगप्रकाश शाह स्मृति पत्रकारिता पुरस्कार नागरिक दैनिकका राजनीतिक व्युरो–चिफ बालकृष्ण अधिकारीलाई प्रदान गरिने भएको छ । अधिकारी विगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् । अधिकारीलाई दिईने पुरस्कारको राशि २५ हजार रहेको छ । यसैगरी, यो वर्षको उमा सिंह स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर दैनिककी वरिष्ठ उप–सम्पादक बिनु सुवेदीलाई प्रदान गरिने भएको छ । सुवेदी विगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय छिन् । सुवेदीलाई दिईने पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ ।
यसैगरी यस वर्षको बाबुछिरी फोटो पत्रकारिता पुरस्कार रिपोर्टर्स नेपाल डटकमकका फोटो पत्रकार मुकुन्द कालिकोटेलाई प्रदान गरिने भएको छ । कालिकोटे विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनलाई दिईने यो पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ । त्यस्तै, यो वर्षको वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार एबिसी टेलिभिजनका उप–सम्पादक अनन्त अनुरागलाई प्रदान गरिने भएको छ । अनुरागलाई प्रदान गरिने उक्त पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ । अनुराग विगत डेढ दशक भन्दा बढि समयदेखि पत्रकारितामा सक्रिय छन् ।
यस्तै, यो वर्षको उत्कृष्ट युवापत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समितिका उप–सम्पादक जीवन भण्डारी, डिसी नेपाल डटकमका सह–सम्पादक मदन कोइराला, प्राईम टाईम्स टेलिभिजनका उपसम्पादक दिपक अर्याललाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि जनही २० हजार रुपैयाँ रहेको छ ।