Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सम्बन्ध सुधारको प्रयासमा ओली

काठमाडौं । एमाले विभाजनको असर जति एमालेले गरेको छ त्यसको सात गुणा बढी आत्मग्लानी टुक्रिएर जाने शक्तिलाई भइरहेको छ । तर मिल्ने अवस्थामा पुग्न दुवै झुक्नु पर्छ अहिले त्यो अवस्थाको सिर्जना भएको छ । फागुन २६ गते नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच यही एकता र सहकार्यको विषयमा घनिभूत छलफल भएको छ । कांग्रेससहितको गठबन्धन ढालेर एमालेसहित चार दलीय गठबन्धन बनाएका ओलीले नेपालसँग सम्बन्ध सुधारको प्रयास गरिरहेका छन्। त्यही भएर ओलीले होटलमा बसेर नेपाललाई विश्वास दिलाउने प्रयास गरेका हुन् । २०७८ मा एमाले विभाजनको सँघारमा पुग्दा ओली–नेपाल संवाद नक्सालको मेरियट होटलमा भएको थियो। तर, ओलीको प्रयास सफल भएन, एमाले विभाजन भईछाड्यो। त्यसको दुई वर्षपछि ओली नेपालसँगको सम्बन्ध सुधारमा लागिपरेका छन्। बसेरा होटेलको तिलिचो कक्षमा गरिएको भेट त्यसकै मार्गचित्र कोर्नका लागि हो। उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई लिएर सिंहदरबार गेटैको यो होटल पुगेका ओलीले सुरुमै नेपालसँग अब मिलेर जानुको विकल्प नभएको बताए। यद्यपि, अध्यक्ष नेपाल ओलीसँग एमालेमा पुनर्मिलनका लागि सकारात्मक देखिएका छन्। त्यसका लागि उनको थप सर्त छ, कांग्रेस–माओवादी गठबन्धन हुँदा शक्ति बाँटफाँटमा भएको समझदारीजस्तै अहिलेको एमाले–माओवादी गठबन्धनमा पनि त्यस्तै होस्। कांग्रेससँग प्रचण्ड दुई वर्ष, माधव नेपाल एक वर्ष र बाँकी अवधि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने समझदारी भएको भनिएको थियो। स्वयं माधव नेपालले पनि लिखित समझदारी नभएपनि त्यसबेला तीन नेताबीच मौखिक रुपमा यस्तो समझदारी बनेको बताउँदै आएका छन्।