Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकारका मन्त्री नै चन्दा माग्न थाले

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रमका लागि मन्त्रीले नै चन्दा मागेका छन् ।
सिराहा सदरमुकाममा सोमबार हुन गइरहेको स्व। हेमनारायण यादवको १७ औं स्मृति सभामा सहभागी हुन प्रधानमन्त्री ओली जादैछन् । उक्त कार्यक्रमका लागि कानुनमन्त्री लिलानाथ श्रेष्ठले सरकारी कार्यालयसँग चन्दा मागेका छन् ।
मन्त्री श्रेष्ठ नेकपाका सिराहा इन्चार्ज हुन् । उनकै हस्ताक्षरमा सरकारी कार्यालयमा आर्थिक सहयोग माग्दै पत्राचार गरिएको छ ।
स्व। हेमनारायण यादवको १७ औं स्मृति दिवसका लागि मन्त्री श्रेष्ठले विभिन्न कार्यालयमा पत्र मार्फत आर्थिक सहयोग माग गरेका छन् । कार्यालयहरुमा पठाइएको पत्रमा रकम उल्लेख नगरिएपनि मन्त्री श्रेष्ठले रु। ५० हजारसम्म उपलब्ध गराउन दबाब दिएको एक कार्यालय प्रमुखले बताएका छन् ।