Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकारकै कारण कोरोना फैलिने डर

काठमाडौं । राजधानीलाई कोरोना महामारी फैलाउन राज्यनै लागेको छ । यो बेला सरकारको नियम पालना नगर्ने र आफूखुशी गाडी लिएर हिँड्नेहरुलाई समेत ट्राफि प्रहरीले सताउन थालेको छ । तर ट्राफिक प्रमुख भीम ढकाल भन्छन्, आफ्नो स्वास्थ्यलाई रोगप्रतिरोधात्मक बनाउनका निम्ति पनि सवारी साधनका धनीहरुले केही समय पैदल यात्रा गरे राम्रो हुन्छ भनेर नै हाम्रो अभियान अब जोर बिजोर प्रणाली निरन्तर होस् भन्ने रहेको छ । यतिखेर ठूला बडाका कारण राजधानीमा कोरोनाको सञ्जाल फैलिने आशंका सबैतिर बढेको छ । नेपाल भारत सीमा क्षेत्रबाट दैनिकजसो यातायातका साधनहरु आउने र जाने गरिरहेका छन् । सांसद र मन्त्रीले प्रमुख जिल्ला अधिकारीलाई दबाव दिएर निजी सवारी साधनहरूलाई पास उपलब्ध गराउने, त्यो गाडीमा साविक भाडाभन्दा पाँच÷सात गुणा बढी भाडा लिएर यात्रुहरू राजधानी छिराउने परिपाटीलाई अहिले तिव्रता दिइएको छ । ठूलाबडाले ट्राफिक प्रमुख भीम ढकाललाई होस् वा प्रहरीका डिएसपी सम्मलाई फोन गरेर गाडी नम्बर टिपाउँछन्, त्यस्ता गाडीहरूलाई नागढुंगाबाट छुटाइन्छ । यतिखेर नागढुंगासम्म यात्रु ल्याएर छाड्ने थुप्रै यातायातका साधनहरूलाई ट्राफिक प्रहरीले केरकार पनि गर्ने गरेको छ । २० हजारदेखि ५० हजारसम्म तिरेर जिल्ला प्रशासन कार्यालयबाट पास लिनेहरूले कोटेश्वरदेखि सिन्धुलीसम्मको साविक भाडा ४८० लाई बढाएर रु १२ सय काठमाडौं पोखराको ५०० भाडालाई बढाएर रु १५ सय लिने गरेको वास्तविकता ट्राफिक प्रमुखलाई के थाहा ? गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरूलाई पास दिलाउने अधिकार दिनुले नै यस्तो लुट मच्चिएको हो । यस्तै रवैया जारी रहेको खण्डमा राजधानीमा कोरोनाको महाभमारी नफैलिएला भन्न सकिन्न । ट्राफिक प्रहरीले त जोर बिजोर प्रणालीलाई निरन्तरता दिने सल्लाह गृहमन्त्रालयमा दिएको छ । माक्स लगाउने अभियानलाई पनि अगाडि बढाएको ट्राफिक प्रहरी सरकारले दिलाउने कोरोना भत्ताबाट भने विमुख रहेको छ । सरकारले ८० दिनको लकडाउनपछि असार १ गतेबाट जिल्लाभित्र जोर–बिजोर प्रणाली लागू गर्दै लकडाउनलाई खुकुलो बनाएको छ । सीमित जनशक्ति राखेर उद्योग तथा कार्यालयहरू पनि खुल्न थालेका छन् । र, सरकारी कार्यालय एवं पसल–व्यवसायहरू खुल्न थालेपछि विभिन्न जिल्लामा गएका मानिसहरू उपत्यका फर्किन थालेका छन् । तर, उपत्यका छिर्ने मुख्य नाका नागढुंगामा कडिकडाउ बढाएपछि राजधानी छिर्न सजिलो छैन । सरकारको अदुरदर्शी, अव्यवहारिक एवं लापरवाह निर्णयका कारण उपत्यका छाड्दा जनताले जसरी सास्ती भोग्नुपरेको थियो, अहिले काठमाडौं फर्कंदा पनि त्यस्तै सास्ती व्यहोर्नु परिरहेको छ । लकडाउन खुकुलो भएसँगै काठमाडौंमा सरकारी कार्यालय र निजी पसलहरू खुल्न थालेको सुनेपछि काठमाडौं फर्किनेहरूले नागढुंगामा सास्ती व्यहोरेका छन् ।
नेपालको पूर्वदेखि पश्चिम जहाँबाट आए पनि काठमाडौंको सीमा नाकासम्म उनीहरूलाई कुनै समस्या छैन । एकैपटक नागढुंगा नाकामा मात्र पासको जाँच हुँदा नागरिकले सास्ती भोग्ने गरेका छन् । नागढुंगामा पास नभएका सवारी साधनलाई फर्काइने गरिएको छ । थानकोटका डीएसपी घनश्याम श्रेष्ठ दैनिक एक सय बढीलाई फर्काइने गरिएको बताउँछन् । माथिबाट कसैको फोन आए मात्र उनले छाड्ने गरेका छन् । कतिपयले भने विभिन्न व्यक्तिमार्फत ट्राफिक र प्रहरीलाई दबाव दिएर पनि नाकाबाट फुत्किने गरेको सरकारी अधिकारीहरूको भनाइ छ । सरकारले लकडाउनलाई व्यवस्थित गर्ने भन्दै मोटरसाइकलमा दुई जना र सानो गाडीमा तीनजना मात्रै चढ्न पाइने भनेको छ । तर, हामी नागढुंगा नाकामा यो नियम सानालाई मात्रै लागू भएको छ । ठूलाबढा जसरी पनि छिर्ने गरेका छन् । नागढुंगा नाकाबाट मात्रै प्रहरीले दैनिक एक सय बढी साना तथा ठूला सवारी साधनलाई फर्काउने गरेको छ । तर, अधिकांश नागरिक केही तल ओर्लिएर पुनः हिँड्दै आउने पनि गरेका छन् ।