Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकारको काम संक्रमितको संख्या गन्ने मात्रै हो ?

काठमाडौँ । ठूला भ्रष्टाचार र काण्डैकाण्डमा चुर्लुम्म भएको सरकार जनताको स्वास्थ्यसँग पनि खेलबाड गर्न तम्सिएको छ । अब हुँदा हुँदा कोरोना संक्रमितको परीक्षण तथा उपचार विरामी स्वयंमले गर्नु पर्ने सरकारी निर्णय हुँदा यसको चौतर्फी आलोचना भएको छ । सरकारले विपन्न र अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मीलगायत बाहेकको परीक्षण र उपचार नगर्ने निर्णय गरेसँगै सरकारको चर्को आलोचना भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको निर्णयमा स्वास्थ्यकर्मीले पनि कोरोना बीमा गराएको भए बीमाबाटै परीक्षण तथा उपचारको खर्च व्यहोरिने उल्लेख छ। सरकारको पछिल्लो निर्णयसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद् गगन थापाले उक्त निर्णयको आलोचना गरेका छन् ।
संक्रमित भएर आफै होम आइसोलेसनमा रहेका थापाले ट्वीट गर्दै अब उप्रान्त सरकारको काम संक्रमित गन्ने मात्रै हो भनेर प्रश्न गरेका छन् । स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्णय ः कोरोना संक्रमितले आफ्नो उपचार आफैं गर्नू, यसरी हरेक दिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा प्रधानमन्त्रीज्यू बरू सिधै भनिदिनुस् संक्रमितको संख्या गन्नेबाहेक थप केही गरिन्न,’ थापाले भनेका छन्। थापाले सरकार स्वयम संक्रमित भएर आइसोलेसनमा रहेको भन्दै व्यंग्य पनि गरेका छन् । स्वास्थ्य मन्त्रालयले आइतबारदेखि नै लागू हुने गरी आफ्नो उपचार आफैं गर्नुपर्ने नियम कार्यान्वयनमा ल्याएको हो। नागरिकको उपचार गर्ने दायित्वबाट सरकार पछि हटेको भन्दै नागरिकस्तरबाट पनि आलोचना भइरहेको छ।


सम्बन्धित समाचार

रामेश्वर थापा प्रम र देउवाका परमेश्वर

२०८१ आश्विन २३

ताजा नेपाल

प्रम ओलीलाई आफ्नैैले फसाए

२०८१ आश्विन २३

ताजा नेपाल

प्रम ओलीलाई आफ्नैैले फसाए

२०८१ आश्विन २३

ताजा नेपाल