Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकारको धारणा खोज्दै रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले अघिल्लो सरकारले आफूविरुद्ध लगाएको मुद्दामा वर्तमान सरकारको धारणा खोजेका छन्। आफूविरुद्ध राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाइएको दाबी गर्दै लामिछानेले वर्तमान सरकारको धारणा खोजेको बताए। कारगारबाट चार बुँदे सन्देश जारी गर्दै उनले एक पटक चिठ्ठा परेकालाई पटक पटक नपर्ने पनि चेतावनी दिएका छन्। उनले वैकल्पिक र परिवर्तनकारी दल, समूह र व्यक्तिलाई एकीकृत गर्ने जिम्मेवारी रास्वपामा छ भन्दै आवश्यक पर्दा नेतृत्व र त्याग दुवै गर्न तयार रहेको बताएका छन्। लामिछानेलाई नख्खु कारागारमा भेटेपछि लामिछानेका प्रेस सल्लाहकार प्रमोद न्यौपानेले उनी पूर्ववत स्वस्थ, दृढ र आत्मविश्वासी रहेको बताए। राजनीतिक चासो लिनेलाई अवगत गराइदिनु भन्दै लामिछानेले चार बुँदे सन्देश दिएको पनि न्यौपानेले बताए।

यस्ता छन् रविका चार सन्देश
१. अघिल्लो सरकारले राजनीतिक प्रतिशोधका आधारमा मविरुद्ध लगाएको मुद्दामा वर्तमान सरकारको धारणा खोजिरहेको छु, ‘फेवर’ होइन। हिजो ‘अन्याय भयो’ भन्नेहरूले आज केही त बोल्नु पर्ला ?
२. पछिल्लो जनमतका आधारमा चौथो शक्ति हुनुको नाताले वैकल्पिक र परिवर्तनकारी दल, समूह र व्यक्तिलाई एकीकृत गर्ने जिम्मेवारी रास्वपामा छ। आवश्यक पर्दा रास्वपाले नेतृत्व र त्याग दुबै गर्छ।
३. एकपटक चिठ्ठा परेकाहरू पटक पटक परोस् भन्ने ठान्छन्। तर, संयोग दोहोरिरहँदैन नि ? भर्खरै चिठ्ठा परेका केहीलाई फेरि चिठ्ठाकै आश लोभ छ। लोभीहरूले चिठ्ठा किन्न सक्छन। तर, फेरि पर्छ नै भन्ने हुन्न। हरेक जालमा माछा पर्दैन नि ?
४. रास्वपालाई मुलुकको नेतृत्व गर्ने दल बनाउनु छ। त्यो क्षणिक लाभ हानी सोचेर बन्दैन। अत्यन्तै खराव परिस्थिति आए पनि रास्वपालाई एक नम्बरको शक्ति बनाउने दृढतामा कमजोर हुन्न, मेहनत र समय कति लाग्छ त्यो ठूलो कुरा होइन।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल