Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बालेन शाह नेतृत्वको सरकारको नियतमाथि कुनै शंका नरहेको बताएका छन्। उनले सरकारका निर्णय कार्यान्वयनका क्रममा समस्या देखिए सुधार गर्न सकिने भए पनि नियत बिग्रिए त्यसलाई सच्याउन कठिन हुने बताएका हुन्।
शुक्रबार रौतहटका पार्टी नेता–कार्यकर्तासँगको संवादमा लामिछानेले सरकारका केही निर्णयले विवाद सिर्जना गर्न सक्ने स्वीकार गर्दै त्यसलाई व्यवहारअनुसार संशोधन गर्न सकिने स्पष्ट पारे।
उनले भने, “निर्णयमा त्रुटि हुन सक्छ, त्यसलाई सुधार गर्न सकिन्छ। तर नियत खराब भयो भने सुधार गर्न गाह्रो हुन्छ। किसानको हितका लागि गरिएको निर्णय व्यवहारमा किसानकै विपक्षमा गयो भने त्यसलाई सच्याउन सकिन्छ।”
लामिछानेका अनुसार सरकारले जनताको हितका लागि गरेको निर्णयले अपेक्षित लाभ दिन नसके वा उल्टै हानि पुर्याए त्यस्ता निर्णय परिवर्तन गरिनेछ। त्यसका लागि सरकारलाई केही समय दिनुपर्ने उनको आग्रह छ।
उनले केही नीतिहरू कार्यान्वयनका प्रारम्भिक चरणमा विवादित देखिए पनि समयसँगै सही सावित भएका उदाहरणहरू रहेको उल्लेख गरे।
“किसान, मजदुर, गरिब तथा विपन्न वर्गलाई अप्ठ्यारो पर्ने नीति दीर्घकालमा देखिए त्यस्ता नीति परिवर्तन हुन्छन्। कुनै पनि निर्णय अपरिवर्तनीय हुँदैन,” उनले भने।
लामिछानेले पार्टीका नेता–कार्यकर्तालाई सरकारको कामप्रति निगरानी राख्न र कमजोरी देखिए सचेत गराउन पनि आग्रह गरे। सम्बन्धित मन्त्रालयबाट समस्या समाधान नभए पार्टीले नै आवश्यक पहल गर्ने उनले बताए।
“तपाईंहरूले उठाउनुभएको विषय सम्बन्धित मन्त्रालयसम्म पुर्याइनेछ। त्यहाँबाट समाधान भएन भने पार्टी अभिभावकका रूपमा अघि सर्छ। जनताको हितका विषयमा पार्टी पछि हट्दैन,” उनले भने।
२०८३ श्रावण ३
ताजा नेपाल
२०८३ श्रावण ३
ताजा नेपाल
२०८३ श्रावण ३
ताजा नेपाल