Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकारको भविष्यबारे देउवाले विमानस्थलमा यसो भने

काठमाडौं । बजेट आउनु अघि नै नयाँ सरकार निर्माणको हल्ला चलिरहेका बेला सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा कुनै समस्या नभएको जिकिर गरेका छन् । शुक्रबार थाइल्यान्ड भ्रमणबाट फर्कने क्रममा विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिने क्रममा देउवाले यस्तो बताएका हुन् । गठबन्धन जसरी पनि टिक्छ । केही भएको छैन, देउवाले भने । उनले आफूलाई सत्ता समीकरण परिवर्तन हुने भन्ने कुरा थाहा नभएको पनि बताए । सत्ता समीकरण परिवर्तन हुने कुरा कसले भनेको हो थाहा छैन मलाई, देउवाले भने ।

आरजु परिन छक्क
परराष्ट्रमन्त्री आरजु राणा देउवाले सरकार परिवर्तनको हल्ला सत्य नभएको बताएकी छन् । यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच टेलिफोन कुराकानी समेत भएको उनले जानकारी दिइन् । थाइल्याण्डको बैंककबाट आज स्वदेश फर्किएकी मन्त्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुले सरकार परिवर्तनको हल्लाबारे सोधेका थिए । सो जिज्ञासामा उनले मनोरञ्जनका लागि हल्ला चलाइएको बताइन् । सरकार परिवर्तनबारे आएका समाचार हेरेर छक्क परेको उनले बताइन् । उनले थपिन्, सरकार परिवर्तन त नेपालभित्रै बसेर गर्ने होला । विदेशमा गएर त यहाँको सरकार परिवर्तन हुँदैन । सरकारका विषयमा विहीबार बेलुका कांग्रेस सभापति देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच कुराकानी पनि भएको आरजुले जानकारी दिइन् । देउवा र आरजु सँगै बैंकक गएका थिए । उनीहरु दुवै जना आज स्वदेश फर्किएका छन् ।