Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकारको रवैयाले राजाको भाउ बढ्यो

काठमाडौं । सत्तामा राजनीतिक आचरण नभएका दुष्ट र विदेशी दलालहरूको मनपरी चल्न थालेपछि एकाएक सडकमा आएको राष्ट्रिय झण्डा रूपी जमातको हौसलाले संघीयता, गणतन्त्रमाथि नै प्रश्न उठेको छ । राष्ट्रियता कमजोर बनाएर नेपालका ठूला दलहरू क्रिश्चियन धर्मका नायक बन्दाको फलस्वरूप धार्मिक आन्दोलनले बाटो खोजेको हो । सनातन हिन्दू धर्मका अनुयायीहरू पनि विदेशी डलरको खेतीमा लागेका छन् । कुनै पनि आयोजना समयमा काम गरिँदैन । सरकारलाई चासो हुँदैन ।

राजा र हिन्दू धर्मको नाममा राप्रपाको राजनीति गरेका कमल थापा समेत हिजो क्रिश्चियानिटीको पैसामा बिकेका थिए । नेपालमा १४ हजार चर्च भवन बनेका छन् । गरिबी र अशिक्षामाथि खेलवाड गरेर संविधानसभामा जनजाति सांसदहरूलाई पार्टीको ह्विप नलाग्ने वातावरण बनाउने अपराधीहरू कम्युनिष्ट र काँग्रेसको दौरामा नाचेका थिए । अहिलेका प्रधानमन्त्री केपी ओली नै तत्काल सडकमा आएनन् । बरु आन्दोलनकारीलाई उनले दुत्कारे । राष्ट्रपति बन्न पुगेकी विद्या भण्डारी नै ओलीको निर्देशन पालनकर्ता थिइन् । नागरिक समाजको नाममा डलरको खेती गरेका कनकमणि दिक्षितहरू अहिले बेपत्ता छन् । नेपाली प्रेसलाई संघीयता र गणतन्त्रात्मक व्यवस्थाको पक्षधर बनाउने नाममा भिœयाएको डलरको खोजी गर्ने ठाउँ छैन । काँग्रेस र एमालेकै पत्रकार पनि डलरमा डुबेका थिए ।

सांसदहरू यति नालायाक सिद्ध भएकी उनीहरूलाई राष्ट्र र जनताको दयनीय अवस्थामा चिन्ता छैन । व्यवसायिक कृषि कर्ममा जनमत बोटल्न एसियाली विकास बैंकले गरेको लगानी गगन थापा जस्ता नेताहरूले कसरी लिए कृषि व्यापार आयोजना खारेज गर्न सरकार यस्तो बेला बाध्य भयो जुन बेला देशमा दुई तिहाई बहुमत पाएको कम्युनिष्ट सरकार थियो । राजनीतिक संस्कार गलत दिशामा गयो । प्रधानमन्त्री केपी ओली यथास्थितिवादी बनेका छन् । राजाहरू देशघाती, राष्ट्रघाती हुँदैनन बरु काँग्रेस र कम्युनिष्टहरू राष्ट्रघाती देशघाती हुँदारहेछन् भन्ने कुरा राष्ट्रघाती महाकाली सन्धि गरेका काँग्रेस र एमाले प्रमाण हुन् । त्यो सन्धीले नेपाललाई आहात थप्यो राहत दिएन । देश बनाउन दलीय धरातल स्पष्ट हुनुपर्छ । नेकपाको कलहले अहिले अस्थिरता जन्माएको छ । दैनिक जसो राजावादीहरूको वकालत गर्नेहरू सडकमा आएका छन् । कम्युनिष्टहरूको दन्त बजानले देशको राष्ट्रिय अस्मिता बच्छ कि ध्वस्त हुन्छ त्यसको पहिचान र प्रतिक्षा गर्न बाँकी छ । अहिले देश राष्ट्रिय संकटमा पुगेको छ । प्रधानमन्त्री केपी ओलीलाई त सत्ता प्यारो भयो गुटबन्दीले महत्व पायो ।

राष्ट्रिय राजनीति भाँडिएको बेला विदेशी चलखेल बढ्छ । नेकपाको सरकार असक्षम असफल भएको प्रमाण हो नेपालमा भारत र चिनियाँ टोलीको बारबार आगमन र फिर्ता । नक्कली राष्ट्रवाद छताछुल्ल भएको छ । कुटनीतिक क्षेत्रमा सरकारले पठाएका नेपालका प्रतिनिधि कस्ता छन् त्यो हेरेको खण्डमा छर्लङ्ग हुन्छ । पार्टीका कुनै अर्थविद सरकारसँग सन्तुष्ट भएनन् । कारण हुन प्रम ओली र उनले रुचाएका नालयक, भ्रष्ट र दलालका संरक्षक डा. युवराज खतिवडा । यिनकै कारण कम्युनिष्ट सरकारलाई असफलता प्राप्त भयो । प्रमका हावादारी भाषण र गुटबन्दीले पार्टीको धरातल समेत ध्वस्त बनाए आफू पनि निर्वस्त्र बन्दैछन् । पार्टीभन्दा ओली ठूला होइनन् । सडक जात्राको जड नै प्रम ओली हुन् ।


सम्बन्धित समाचार