Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकारप्रति डा. शेखर असन्तुष्ट

काठमाडौं । तोकिएको मितिमा महाधिवेशन हुने कुरामा डा. शेखर कोइरालालाई शंका छ । विधानत सभापतिले छ महिना कानुनले छ महिना अवधि बढाउन पाउने व्यवस्था छ । दलहरूले कानुनको छिद्र प्रयोग गर्छन् । यो छिद्र प्रयोग गर्ने काँग्रेस हो । अहिले सरकार दुई ठूला दलको छ । झण्डै दुई तिहाई काँग्रेस र एमालेको भए पनि जनमत लोसपा, नाउपा, जसपाको साथ यहाँ हुँदा बलियो दुई तिहाई छ । तर प्रधानमन्त्रीले त्यो शक्ति जनताका लागि प्रयोग गर्न सकेनन् । राजनीतिक पूर्वाग्रह यो सरकारको प्राथमिकतामा छ । आफ्नालाई जोगाउने, विपक्षीलाई दबाउने गरेको आरोप लागे पनि धनराजले सिआईबीमा बयान दिए, ऋषिकेश पोखरेले बयान पनि दिनु परेन । काँग्रेसका नेताहरू नै सरकारले डेलिभरी दिएन भन्दैछन् । असक्षम र विवादित पात्रहरूलाई हटाउन प्रधानमन्त्री र काँग्रेसका सभापति २÷३ पटक सँगै बसे । तर त्यस्ता पात्र फेरिएका छैनन् । डा. शेखरले विवादित पात्र फेर्न प्रमले सक्छन् भने पनि काँग्रेसका दिपक खड्का र बद्री पाण्डे कोइराला परिवारका डा. शशांक र शेखरका हुन् भन्ने सबैलाई थाहा छ । क्रियाशील सदस्यता नविकरण, गाउँ, टोल, नगर भेला भएपछि क्षेत्र र प्रदेश तहको नेतृत्व चयन हुन एक वर्ष लाग्छ । त्यसका लागि शुरसार छैन हुन्छ कसरी तोकिएको समयमा महाधिवेशन ? डा. शेखरको त्यो शंका सही छ ।
आफ्नो शक्ति बढाउन डा. शेखरको टिम संकल्प यात्रामा छ । महामन्त्री गगन थापा त्यो टिमबाट महाधिवेशनमा भिडेका थिए । सांसद हुन अब उनलाई कठिन छ । काठमाडौं क्षेत्र नंं. ४ मा अघिल्लो पटक रास्वपाले छाडेको फाइदा गगनले लिएका हुन् । अब भने सरकारले नै रास्वपालाई सहरी क्षेत्रमा बलियो बनाइदिएको छ । नेकपा एमाले र काँग्रेस प्रतिस्पर्धी हुन् । स्थानीय तहको उपनिर्वाचनमा भने कतै एमाले काँग्रेसको चुनाव चिन्हमा, कतै काग्रेस एमालेको चुनाव चिन्हमा लडेर राजनीतिलाई लाजको भारी बोकाए । काँग्रेस र एमालेले जे गरे पनि ठिक हुने त्यस्तै चुनाव चिन्ह हिजो काँग्रेस र माओवादीले प्रयोग गर्दा एमालेले खिस्याएको थियो । संयुक्त सरकारको अवधारणा आएपछि लोकतन्त्रको सुदृढीकरण हुन्छ भनिए पनि झन नीतिगत भ्रष्टाचारमा दुई ठूला दल लागेका छन् । संवैधानिक अंगमा काँग्रेस र एमालेको भागवण्डा छ । अनुभवी, क्षमतावान भन्दा हाम्रा प्रयोग गरेर अदालतको विश्वसनीयता समेत ध्वस्त भएको छ । हिजो संसद भंग गरेर केपी ओलीले अवैध रुपमा भर्ना गरेका ५२ भाईको कार्यकाल सकिँदैछ । तर अदालतमा परेको रिट फैसला नहुन दुई दलीय सिन्डिकेटका न्यायाधीश सवोच्चमा हुनु हो ।
काँग्रेसको नेतृत्व युवाले लिने भन्दै महामन्त्री गगन थापा आफ्नो प्रचारमा छन् तर डा. शेखरकै टिमबाट भूपेन्द्रजंग शाही संकल्प यात्रामा निस्कँदा महामन्त्रीद्वय गगन र विश्वप्रकाशलाई वास्ता गरिएन । देउवा पक्षको साथ बिना सभापति जित्न सकिन्न । हिजो प्रकाशमान, कृष्ण सिटौला र विमलेन्द्र निधिले साथ दिँदा देउवाले रामचन्द्र र डा. शेखरलाई हराएका हुन्, देउवाको उत्तराधिकारीका रुपमा संस्थापन पक्षका पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, उदयशमशेर राणाहरू छन् । गगन थापाले विश्वप्रकाश शर्मा, प्रदीप पौडेललाई टिममा राखेर सिंगो काँग्रेसमा ढलीमली गर्न खोज्दा डा. आरजु देउवालाई उपसभापतिमा प्रवेश गराउन डा. शेखर सहमत भए भने गगनहरूको चुरीफुरी सकिन्छ ।

कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ
नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले श्रेष्ठलाई कोषाध्यक्षमा मनोनीत गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् । उनी गत महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भएका थिए । श्रेष्ठ निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान)का पूर्व अध्यक्ष हुन् । उनी २०७० सालमा कांग्रेसबाट संविधानसभा सदस्य बनेका थिए । २०७८ मा देउवा प्रधानमन्त्री हुँदा श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री बनेका थिए ।


सम्बन्धित समाचार