Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सुशीला कार्की र बालेन्द्र शाह बीच प्रधानन्यायाधीश सिफारिस प्रकरणपछि सम्बन्ध चिसिएको चर्चा सार्वजनिक भएको छ। पहिलो वरियताकी न्यायाधीश सपना प्रधान मल्ल लाई पन्छाउँदै चौथो वरियताका डा। मनोजकुमार शर्मा लाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि सिफारिस गरेपछि कार्की असन्तुष्ट बनेको बताइएको छ। यसैबीच, आज एक पत्रकारले उनलाई “आमा” भनेर सम्बोधन गरेपछि कार्कीले कडा प्रतिक्रिया दिएकी छन्। युट्युबर दिवाकर साह ले “आमा दर्शन” भन्दै माइक्रोफोन अगाडि बढाएपछि कार्कीले “को हो आमा भन्ने ?” भन्दै प्रतिक्रिया जनाएकी थिइन्। त्यसपछि उनले, “तिमीहरूको आमा फेरिइसक्यो, म मेरो बच्चाको मात्रै आमा हुँ,” भनेकी बताइएको छ। पत्रकार साहले “तपाईं देशकै आमा हो” भनेपछि कार्कीले जवाफ दिँदै, “मलाई होइन, बालेनकी श्रीमतीलाई आमा भन्नू,” भनेकी थिइन्।
२०८३ बैशाख ३०
ताजा नेपाल
२०८३ बैशाख ३०
ताजा नेपाल
२०८३ बैशाख ३०
ताजा नेपाल