Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकारमा आउन एमालेले अरू दललाई पनि दियो निम्ता

काठमाडौँ । माओवादीसँग नयाँ गठबन्धन बनाएर सरकारमा गएको नेकपा एमालेले अरू दललाई पनि सरकारमा आउन आग्रह गरेको छ। केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बिहान बसेको सचिवालय बैठकले पाँच दल सम्मिलित वर्तमान सरकारलाई साथ दिन अरु दलहरुलाई पनि आग्रह गर्ने निर्णय गरेको हो।
बैठकपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताका निराशालाई आशामा बदल्नुपर्ने र मुलुकको हित र स्वाधीनताको रक्षा गर्नुपर्ने भएकाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा पाँच दल सम्मिलित सरकार गठन गरिएको भन्दै सरकारलाई साथ र समर्थनका लागि अरु दललाई अनुरोध गरेको बताए। महासचिव पोखरेलले एमालेको २९ औं सचिवालय बैठकले पार्टी स्थापनाको ७५ औं वर्षगाँठको अवसरमा वैशाख १० गते विशेष कार्यक्रम गर्ने जानकारी पनि गराए । त्यसअघि वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद आयोजना गर्ने तथा वैशाख १० गते स्थापना दिवसको कार्यक्रम आयोजना गर्ने महासचिव पोखरेलले बताए ।