Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकारमा आउन माधवले खुट्टा उचाले

काठमाडौं । आफ्नै पार्टी अध्यक्षको सरकार विरुद्ध विद्रोह गरेका माधव नेपाल काँग्रेस सभापति शेरबहादुर देउवाको सरकारमा सहभागी हुने संकेत गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई सरकारमा सहभागिताका लागि आग्रह गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शनिबार बेलुकी बसेको सत्ता गठवन्धन आवद्ध पाँच दलको बैठकमा प्रधानमन्त्री देउवाले एमाले वरिष्ठ नेता नेपाललाई सरकारमा सहभागीताका लागि आग्रह गरेका हुन् । ‘प्रधानमन्त्रीजीले माधवजीलाई सरकारमा आउनुस् भन्नुभयो । उहाँले पनि सकारात्मक छु सल्लाह गरेर निर्णय दिन्छु भन्नु भएको छ,’ गठवन्धनको बैठकमा सहभागी एक नेताले हाम्राकुरासँग भने । प्रधानमन्त्री देउवाले भने जतिसक्दो छिटो सरकारलाई पूर्णता दिएर जनताको कामलाई तदारुकता दिन गठवन्धनले सहयोग गर्नुपर्ने भन्दै सबै नेताहरुलाई त्यसका लागि सहजीकरण गर्न आग्रह गरेका छन् ।
सो क्रममा जसपा अध्यक्ष उपेन्द्र यादवले भने निर्वाचन आयोगमा आफ्नो दलको विवाद टुंगिने क्रममा रहेकाले केही दिन पर्खन प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् । देउवा प्रधानमन्त्री बनेपछि गठवन्धनको बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पहिलो पटक सहभागी भएका हुन् । यसअघि देउवा प्रधानमन्त्री बनेपछि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको गठवन्धनको बैठकमा उनी सहभागी भएका थिएनन् । उनले नेता विजय पौडेललाई बैठकमा पठाएका थिए ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने सरकारलाई अघि बढाउन गठवन्धनका सबैको सहयोग उत्तिकै महत्वपूर्ण रहेको भन्दै त्यसतर्फ ध्यान दिएर जनताको काममा लाग्नु पर्ने बताएका थिए । प्रधानमन्त्री देउवा बैठकमा प्रस्तुत हुँदा यसअघि भन्दा फरक ढंगबाट प्रस्तुत भएका थिए । उनी प्रधानमन्त्रीका लागि राखिएको कुर्सीमा नबसी अन्य नेताहरु जस्तै समान हैसियतमा सोफामा बसेका थिए ।
बैठकमा सहभागी नेताहरुले प्रधानमन्त्री देउवालाई बालुवाटारमा पार्टीको बैठक नराख्ने निणर्य गरेको प्रति धन्यवादसमेत दिएका थिए । बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र कांग्रेस महामन्त्री पूणर्बहादुर खड्का पनि सहभागी थिए । पाँच दलीय सत्ता गठवन्धनमा नेपाली कांग्रेससहित, माओवादी केन्द्र, एमालेको नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा सहभागी छन् ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल