Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकारलाई आदेश दिन नेकपाले सक्दैन ? आग्रह केसीलाई गर्ने कि केपीलाई गर्ने ?

काठमाडौं । सरकारसँग माग राखेर अनसनरत डा. गोविन्द केसीका माग पूरा गराउन सरकारलाई दबाव दिनुपर्ने सत्तारुढ दल उल्टै डा. गोविन्द केसीलाई अनसन अन्त्य गर्न आग्रह गर्दैछ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई अनसन अन्त्य गर्न आग्रह गरेको छ। मंगलबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले डा. केसीलाई अनसन अन्त्य गर्न आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले डा. केसीलाई अनसन अन्त्य गर्नका लागि सरकाले पत्र पठाएको बारे प्रधानमन्त्रीले जानकारी दिएको बताए। डाक्टर गोविन्द केसीलाई अनसन तोड्न सरकारले अपिल गर्न पत्र पठाएको बारेमा प्रधानमन्त्रीले बैठकलाई जानकारी गराउनुभयो, उनले भने। डा। केसीले चिकित्सा शिक्षा क्षेत्र सुधारका विषयमा सरकारले गरेका केही सम्झौता कार्यान्वयन भएको र केही कार्यान्वयनका क्रममा रहेको र ती कार्यान्वयन हुँदै जाने जानकारी दिए।
सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठनको विषयले प्रवेश नै पाएन। बैठमा विभिन्न संवैधानिक आयोगमा नियुक्ति र पार्टी एकीकरण सम्पन्न गर्ने विषयमा छलफल भएपनि चर्चामा रहेको मन्त्रिपरिषद पुनर्गठनका विषयमा कुनै छलफल भएन। “सचिवालयको आजको बैठकमा मन्त्रिपरिषद पुनर्गठनका बारेमा प्रधानमन्त्रीले कुनै जानकारी भएको छैन। दुई अध्यक्षबीच कुनै छलफल भइरहेको होला”, बैठकपछि प्रतिक्रिया दिँदै पार्टी प्रवक्ता श्रेष्ठले बताए।


सम्बन्धित समाचार