Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। नेकपा एमालेले सरकारलाई लिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। मंगलबार बसेको सचिवालय बैठकले बुधबारसम्म राजीनमा दिएर मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई समय दिएको थियो। तर प्रधानमन्त्री दाहालले राजीनामा नदिने बताएपछि एमालेले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। उनले आजै साँझसम्म सरकारलाई लिएको समर्थन फिर्ता लिने जनाए। मंगलबार विहान एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दाहाललाई भेटेर राजीनामा दिएर राष्ट्रिय सरकार गठनका लागि सहयोग गर्न आग्रह गरेका थिए। तर प्रधानमन्त्री दाहालले पार्टीको बैठक राखेर राजीनामा नदिने बरु संसद फेस गर्ने निर्णय गराएका थिए। प्रधानमन्त्रीले राजीनामा नदिने थाहा पाएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको हो।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल