Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकारलाई पूर्णता दिन जुटे दलहरु

काठमाडौं । अपेक्षा भन्दा बढी दलको समर्थनसहित बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाउन सकेको छैन । मन्त्रीको संख्या सीमित भएको र अपेक्षा गर्नेको लर्को सिंहदरबारदेखि बालुवाटरसम्मै लामो भएका कारण सरकारले पूर्णता पाउन नसकेको हो । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु बैठक बस्न प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका छन् ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत बैठक बस्न बालुवाटार पुगेका छन् । मन्त्रिपरिषद बिस्तारलगायत विषयमा सत्ता गठबन्धनको बैठक बस्न लागेको हो। देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री छन् भने माओवादीबाट दुई जना मन्त्री छन्।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल