Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगन थापालाई पक्राउ गरे चुप नबस्ने चेतावनी दिएका छन्।
ललितपुरले बज्रबाराहीमा आयोजित सरसफाइ तथा फूल रोप्ने कार्यक्रममा बोल्दै सभापतिविरुद्ध सरकारले प्रतिशोधपूर्ण कदम चाल्दै पक्राउ गर्ने प्रयास गरे प्रतिवाद गर्ने बताए।
उनले भने, सभापति थापामाथि सरकारले कुनै पनि गलत कदम चाल्यो भने कांग्रेस टुलुटुलु हेरेर बस्दैन। त्यस्तो कदमको दृढतापूर्वक प्रतिरोध गर्छौँ।
बिचौलिया इनाम सापकोटाको बयानलाई आधार बनाएर सभापति थापालाई पक्राउ गर्ने प्रयास भइरहेको उनको भनाइ छ। सरकारले प्रतिशोधपूर्ण कदम चाले सशक्त प्रतिरोध उत्रिन पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान गरे।
उनले सरकारका गतिविधि लोकतान्त्रिक मूल्य, विधिको शासन र नागरिक अधिकार विपरीत रहेको आरोप लगाए। उनले आईजीपी० दानबहादुर कार्कीलाई सरकारले गैरकानुनी रूपमा हटाइएको पनि दाबी गरे।
२०८३ कार्तिक २०
ताजा नेपाल
२०८३ कार्तिक २०
ताजा नेपाल
२०८३ कार्तिक २०
ताजा नेपाल