Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । सरकारले तिहारअघि नै भारतबाट २५ हजार टन चिनी आयात गर्ने भएको छ । नेपाल सरकारको आग्रहमा भारतले २५ हजार टन चिनी उपलब्ध गराउने भएपछि आयातको बाटो खुलेको हो । चाडपर्वको माहोल सुरु भएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ५० हजार टन चिनी सरकार–सरकार (जीटुजी) मार्फत ल्याउन साउन ५ मा चिठी पठाएको थियो । भारतले साढे ३ महिनापछि कात्तिक १६ मा इमेलमार्फत २५ हजार टन चिनी दिने जनाएको हो ।
नेपालले भारतको नेसनल कोअपरेटिभ एक्स्पर्ट प्रालिबाट चिनी किन्ने तयारी भएको छ । भारतमा चिनीको मूल्य प्रतिकिलो ४० देखि ४२ रुपैयाँ पर्छ । नेपाली मूल्य ६४–६५ हाराहारी हो । ५० प्रतिशत भन्सार महसुल छुट हुँदा ९० रुपैयाँमा नेपाल आउँछ । ढुवानीसहित जोड्दा करिब ९५ रुपैयाँमा बिक्री गर्न सकिने अवस्था छ । उपभोक्तालाई चिनी वितरणका लागि प्रहरी प्रशासन परिचालन गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । विभागले सादा पोसाकमा कालोबजारी गर्ने व्यापारीको गोदाममा छापा मारिरहेको विभागका सूचना अधिकारी आनन्दराज पोखरेलको भनाइ छ । नेपालमा उत्पादन हुने ७० प्रतिशत चिनी विभिन्न पेय पदार्थ, मिठाई, चकलेट, बिस्कुटलगायत उद्योगका लागि आपूर्ति हुने वाणिज्य विभागको तथ्यांक छ । नेपाल प्रहरीले नेपालमा रहेका सबै चिनी उद्योगको स्टक रेकर्ड चेक गर्ने तथा त्यसका आधारमा बजारमा चिनी पठाउन उद्योगीहरूसँग छलफल गरिने विभागले जनाएको छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल