Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । कोरोना संक्रमणको दर उच्च भएका बेला मुलुकमा लकडाउन खुकुलो बनाउँदै लगिएको छ । आजदेखि काठमाडौँ उपत्यकाभित्र र अन्य जिल्लाभित्रका लागि जुनसुकै निकायबाट जारी गरिएको सवारी पासहरु समेत रद्द गरिएका छन् । काठमाडौँ उपत्यकाबाट बाहिर वा अन्य जिल्लाबाट काठमाडौँ आउनको लागि जारी गरिएका अन्तर जिल्ला जाने छोटो अवधिका पासहरु भने यथावत रहने गृह मन्त्रालयले जनाएको छ । ट्राफिक मशाहाखाका अनुसार मंगलबारदेखि यात्राका लागि जोर विजोर प्रणालीको पूर्ण पालना गर्नुपर्ने हुन्छ । मोटरसाइकललगायत चार पांग्रे सवारीमा पनि जोर विजोर प्रणाली लागू गरिएको महाशाखाका एसएसपी भीम ढकालले बताएका छन् । मोटरसाइकलमा एक जना मात्रै सवार हुन पाइने र दुई जना सवार भएको पाइएमा कारबाही हुने समेत बताइएको छ । जोर दिनमा अन्तिमको अंक जोर र विजोर दिनमा अन्तिमको अंक बिजोर नम्बर भएका सवारी साधनहरु चल्न पाउने एसएसपी ढकालले जानकारी दिएका छन् ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल