Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकारविरुद्ध एकजुट हुने बेला आयो : देउवा

धनुषा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तामान सरकारले मधेशी जनताका समस्यालाई सुन्न नचाहेको आरोप लगाएका छन् । शनिवार धनुषा पुगेका देउवाले नेपाली कांग्रेसका नेता बलराम नायकको श्रद्धाञ्जली सभामा भने, अहिले ओली सरकार मधेशी जनतालाई सुन्नै चाहदैन, त्यसैले सरकार विरुद्ध सबै एकजुट भएर अघि बढ्ने बेला भएको छ । देउवाले वर्तमान सरकारले मनपरी रुपमा शासन सत्ता सञ्चालन गरिरहेको आरोपसमेत लगाए । कम्युनिस्ट सरकारले हरेक आयोग गठनमा एकलौटी गरिरहेको र शाही आयोग जस्तै बनाउन खोजेको आरोप देउवाको थियो । देउवाले कांग्रेस एक भए कसैको केही नलाग्ने बताउँदै पार्टीमा गुटबन्दी अन्त्य गर्नुपर्ने बताए । लोकतन्त्र र संघीयता जोगाउन कांग्रेस एकजुट भएर अघि बढ्नुको विकल्प नभएको देउवाको भनाइ थियो ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल