Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौ। नेपाल कम्युनिस्ट पार्टी माओवादीले प्रधानमन्त्री केपी ओली सरकार विरुद्ध जन संघर्षका कार्यक्रम घोषणा गरेको छ। पार्टीको हालै सम्पन्न पदाधिकारीको बैठकद्वारा उक्त संघर्षका कार्यक्रम सार्वजनिक गरेको माओवादीले बताएको छ। नेकपा माओवादीले यो दलाल संसदीय व्यवस्था नेपालमा मात्रै नभई विश्वभर नै असफल सिद्ध भैसकेको भन्दै यस विरुद्ध विगत केही समय देखि जनविद्रोह मार्फत व्यवस्थाको अत्य गर्दै जनवादी व्यवस्था स्थापनाको निम्ति विभिन्न ढंगले संघर्षका कार्यक्रम हरु गर्दै आएको विज्ञप्तिमा जनाइएको छ। पछिल्लो समय एमसिसी जस्तो नेपाली इतिहासकै सबैभन्दा ठूलो राष्ट्रघात नागरिकमाथि विभिन्न प्रकारको शोषन उत्पीडन गर्दै आएले नागरिकलाई स्वदेशमा रोजगारको सिर्जना गरी विकल्प खोज्नुको साटो दलालिपूर्ण ढंगले कामदारकोरूपमा बेच्ने गरेको माओवादीले आरोप लगाएको छ। नेपाललाई विश्व श्रम बजारमा भाडाका श्रमिक उत्पादन गर्ने देशमा चिनाउँदै आफूहरु कमिसन र रेमिटान्स मा मोज मस्ती गर्दै आएको साथै स्थानीय नागरिक लाई बिधुत महसुस फाइन सम्म तिराउने तर माफीयाहरुलाई उद्योगको नाममा अरबौ रकम छुट दिने हर्कत अत्यन्तै खेदपुर्ण रहेको माओवादीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ। चरणबद्धरुपमा संघर्षका कार्यक्रमहरु अगाडि बढाइएको नेकपा माओवादीका महासचिव गौरवद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ। साथै आगामी दिनमा थप संघर्षका कार्यक्रम अघि बढाइने समेत माओवादीले जनाएको छ।
२०८२ चैत्र २
ताजा नेपाल
२०८२ चैत्र २
ताजा नेपाल
२०८२ चैत्र २
ताजा नेपाल