Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । जो शासक छ उसले कसैको कुरै सुन्दैन भने त्यस्तो शासक कसरी जनपक्षीय हुन्छ ? जनताको मत लिने, संसद बन्ने, संविधान अनुसार सपथ लिने संसदको गरिमा नराख्ने त्यस्तो अहंकारी चरित्रले भोलि सावैजनिक जीवन कसरी बिताउला ? संसद, संवैधानिक सर्वोच्चता, विधिको शासन, कानुनी राजको खिल्ली उडाउने बालेन्द्र शाहले ३६ वर्षसम्म थाहा नपाएको नेपालले पनि भारतीय भूमि मिचेको छ भन्ने कुरा प्रम भएपछि थाहा पाएछन् । भारतीय शासक वर्गलाई रिझाएर मन्त्री पद लिने विगतको अवस्था आज छैन । तर नेपालले कुटनीतिक क्षेत्रलाई समेत लज्जी बनाउने कम गर्दैछ । देश ग्रे लिष्टमा पर्दैछ । सरकार मुर्दामाथि कर लगाएर विश्व अर्थतन्त्रलाई आफ्नो परिचय दिँदैछ । जन्मदर्ता, मृत्यु दर्ता, नाता प्रमाणित, नागरिकता सिफारिश जस्ता काममा कर थुपारेर नीतिगत भ्रष्टाचार गर्नेहरूले जनता रुवाएकै थिए । यस पटक अमेरिका पढेका डा. स्वर्णिम वाग्लेले लासमाथि पनि कर लगायो, शिक्षा, स्वास्थ्य, विद्युत बाले बापत पनि कर लगाएर जान्नेलाई छानेका जनतालाई लोप्पा दिएको छ । रास्वपाकै नाउमा जेल तोड्ने र सिंहदरबार पोल्नेहरू आज शक्तिशाली भए पनि भोलि यिनको गतिछाडा प्रवृत्ति उतांगो हुनेछ । किनकि सरकारले सय दिनमै ५ वर्षमा पनि सम्पन्न नहुने कुकर्म गरेको छ । जनताको जीविकासँग सरोकार नराख्ने यो समूहभित्र प्रधानमन्त्री कार्यालयमा थुप्रेका डन रुपी चरित्र बढी प्रभावकारी छन् । जसले दलीय भ्रष्टहरू र हिजो केपी ओली श्री ३ हुँदा गरेका कुकर्मको छानविन गरेनन् ।
सिंहदरबारभित्र असंवैधानिक हर्कत
अशिम शाह, कुमार बेन, माधव खनाल, नविन भण्डारी, सुभाष शर्मा, तीर्थराज अर्याल, विवेक मिश्र जस्ता विज्ञहरूले ¥यापर प्रधानमन्त्रीको गायनमा गरेको सहयोग भण्डाफोर भयो । जो आफू बाहेक अरुलाई गन्दैन त्यस्ताले जनतालाई कस्तो राहत दिँदो रहेछ त्यो देखियो । एमाले अध्यक्ष केपी ओली, काँग्रेस नेता रमेश लेखक पक्राउ पर्नु जेनजी आन्दोलनको कत्लेआम थियो । तर कानुनले तीनको अपराध देखेन । विष्णु पौडेलमाथिको घरपकड त्यही हो । पौडेल ललिता निवास प्रकरणका दोषी नै हुन् । धितोपत्र कारोबारको फण्डामा उनले केपी ओलीको ग्रिन सिग्नलबाट दीपक भट्ट, सुलभ अग्रवालसम्मको सेवा गरेकै हुन् । तर त्यहाँ प्रमाण बलियो नहुँदा विष्णुलाई ओलीले नै पक्राए उनैले विशेष अदालतबाट आफ्नो हुक्के बन्ने शर्तमा छुटाए ।
रास्वपाका महाधिवेशनमा प्रतिस्पर्धा गर्न नसकेर मनोनित उपसभापति र केन्द्रीय सदस्य बन्न इच्छा राख्ने खराने समूहको टिओबी टोलीले आफ्नो अनुहार ऐनामा कति देख्छ ? यो समूहबाट शिक्षा, संस्कृति तथा पर्यटन पूर्वाधार र गृहको नेतृत्व लिएर बदनाम हुने प्रवृत्ति नै प्रदर्शन गर्दैछ । सेनाको निगरानीमा चलेको शासन जनताप्रति उत्तरदायी बन्दैन भन्ने कुरा सरकारका सय दिन काफी भए । हल्दारको काम खोसेर गृहमन्त्री सीमा नाकामा पुग्छ वरिपरि भाडाका क्यामेराम्यान लिएर । कामको भुक्तानी नगर्नै पूर्वाधारमन्त्री ठेकेदारको खुट्टा भाँच्छु भन्छ, शैक्षिक समस्या लिएर जाने निजी स्कुलका संगठनहरूलाई शिक्षामन्त्री भेट्दैनन्, प्राज्ञहरूको थलोमा विषय विज्ञता भन्दा अल्गोरिदम प्रवृत्तिले उचालेकाहरू भिœयाइन्छ भने यो सरकारका क्षमता पर्खन पर्दैन । दलीय स्वार्थमा डुबेको वायुसेवा निगमलाई चुस्न जानेकै मान्छे कार्यकारी भएका छन् । सरकारले गरेका नियुक्तिहरूले विषयको ज्ञाता बन्नै नपर्ने सन्देश दिलाएको छ । हिजो एमालेका केपी ओलीलाई विश्वास हुँदा जो जहाँ जस्ता लठैत पनि राजनीतिक नियुक्ति लिएर साइबर स्यालहरूको मोर्चा बन्यो, त्यो ग्याङ ओली ज्यान जोगाउन भागेपछि एकाएक भूमिगत भएकै थियो । रास्वपाको बालेन्द्र ग्याङको हालत भोलि हुने त्यही हो । समय कुर्नुपर्छ । यस्ता झुण्डहरू आफैं नांगै हुनेछ । किनकि प्रधानमन्त्रीको संगत देशभक्तिपूर्ण चरित्रसँग छैन । टेलिकमको कल बाइपास काण्डका हस्ती प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बनाइएका छन् । पुरानालाई सत्ता सुखमा रमाउने गरिबको चमेली बोलिदिने कोही छैन भन्ने गित गाएर जनता झुक्याएको बालेन्द्र शाह कुनै त्यस्ता विज्ञ थिएनन् । तर उनको अहंकार र दम्ब भने प्रधानमन्त्री बनेपछि बढी देखियो । प्रधानमन्त्रीले शेयर कारोबारी, उद्योगी, निर्माण व्यवसायीसँग बसेर छलफल गर्दा विभागीय मन्त्रीलाई सहभागी नगराउनु पनि अहंकार र दम्बको पराकाष्टा हो । जनतालाई ठाडो शिर हुनै नदिने नीति वर्तमान सरकारको छ । तर त्यो सरकारले प्रधानमन्त्रीको उपद्रोले जन्मेको समस्यामा प्रेस तँगारो देख्यो । आफ्नै दलालका सवारी साधन सञ्चार गृहको ढोकामा पार्किङ गर्दै आफ्नो चरित्र देखायो । यस्तो गैर जिम्मेवार चरित्रले ५ वर्ष शासन गर्दा जनता दुःख पाउँछ । देशको अर्थतन्त्र टाइसुटले धान्दैन । दलीय सद्भाव छैन, संसदीय दलको नेता बनेको छ । पार्टीका सांसदहरूको आक्रोशले तड्पिन थालेपछि सांसदहरूलाई जनता भेट्ने छुट्टी दिएर रमिता देखाउने काम भएको छ । जिल्ला गएका सांसदहरूलाई मोसो दल्ने र बाटो हिँड्न रोक लगाउने काम भइरहेको छ । प्रधानमन्त्रीको व्यवहारले मुलुकवासीमा डोजर लाग्दा छाती थाप्ने सभापति रवि लामिछाने समेत पीडित छन् ।
२०८३ श्रावण १४
ताजा नेपाल
२०८३ श्रावण १४
ताजा नेपाल
२०८३ श्रावण १३
ताजा नेपाल