Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकारी खसी बोकाको बिक्री बितरण शुरू

काठमाडौं। आजदेखि काठमाडौंमा खसीबोका र च्याङ्ग्राको बिक्री बितरण सुरु भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि बडा दशैँका लागि खसीबोका र च्याङ्ग्रा बिक्री सुरु गरेको हो। मुस्ताङ, पोखरा, धादिङ, मकवानपुर, रसुवा र दाङबाट खरिद गरिएका खसी, बोका र च्याङ्ग्राको बिक्री बितरण सुरु गर्न लागेको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट खसी, बोका र च्याङ्ग्रा बिक्री गरिनेछ। कम्पनीका अनुसार अहिलेसम्म दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा बिक्री गर्ने गरी थापाथलीमा ल्याएको छ। खसी, बोका र च्याङ्ग्रा खरिदका लागि यो वर्ष सरकारले ८ करोड ३३ लाख रुपैयाँ बजेट छुट्याएको थियो।


सम्बन्धित समाचार