Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकार, राजनीतिक दल र जेनजीबीच वार्ता हुँदै

काठमाडौं । निर्वाचनको वातावरण निर्माण गर्ने उद्देश्यले प्रधानमन्त्रीको समन्वयमा आज बालुवाटारमा त्रिपक्षीय वार्ता हुँदैछ। सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच आज पहिलोपटक प्रत्यक्ष वार्ता हुन लागेको हो। बुधबार दिउँसो चार बजे वार्ताको समय तय भएको प्रधानमन्त्री सुशीला कार्कीका प्रेस संयोजक राम रावलले जानकारी दिए। आन्दोलनकारी समूह र सत्ताबाट विस्थापित भएका दलहरूबीच प्रत्यक्ष संवाद भएको थिएन, रावलले भने, घोषित निर्वाचनमा जानको लागि आग्रह गर्ने उद्देश्यले प्रधानमन्त्रीले सहजीकरण गरेर दुई शक्तिलाई एक ठाउँमा राखेर छलफल गर्न लाग्नु भएको हो। यसअघि यही कात्तिक ४ गते सरकार र राजनीतिक दलहरुबीच निर्वाचनको विषयमा छलफल भएको थियो। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय छलफलमा अनुकूल वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्न सबैपक्ष सकारात्मक देखिएका थिए।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल