Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकार लाचार, ज्यानमारा भारतीय तरकारी नेपाली बजारमा

काठमाडौं । असल छिमेकी नपाउनुको पीडा नेपालले धेरै पटक व्यहोरेको छ । दिनदिनै जसो हुने सीमा अक्रिमणको पीडा एकातिर छ भने नेपालको बजार ध्वस्त बनाएर भारतीय तरकारी नेपालमा भित्र्याएको पनि नेपाली जनताले सहेकै छन् । तर त्यो तरकारी खतरनाक र ज्यानमारा भएको थाहा पाउँदा पाउँदै पनि लाचार सरकारले रोक्ने र परीक्षण गर्ने हिम्मत गर्न सकेको छैन ।काठमाडौं उपत्यकामा खपत हुने तरकारी ४५ प्रतिशत र फलफूल ७५ प्रतिशत भारतबाट आउने गरे पनि विषादी परीक्षणबिनै भान्सामा पुग्ने गरेको छ । दुई वर्षअघि सुरु गरिएको विषादी परीक्षण भारतको दबाबपछि तत्कालै रोकिएको हो, अहिलेसम्म सुरु गरिएको छैन । विषादी परीक्षण र नियमनबारे सरकारी निकाय अनभिज्ञजस्तै छन् । प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका अनुसार मुलुकभित्र २९ समूहका विषादी प्रयोग भएको पाइन्छ । फलफूल तथा तरकारीमा दर्जनजति समूहका विषादी प्रयोग भइरहेको छ । तर केन्द्रीय कृषि प्रयोगशालाबाट कार्बामेट र अर्गानोफोस्फेटको मात्रै परीक्षण हुन्छ । बरालका अनुसार केन्द्रीय प्रयोगशालाको बुटवल, नेपालगन्ज, अत्तरिया, झापा, पोखरा, सर्लाही र कालीमाटी शाखामा आरबीपीआर परीक्षण गर्न सकिन्छ । तर कर्मचारी अभावका कारण पोखराबाट हुन सकेको छैन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार उपत्यकाका लागि कालीमाटी तरकारी बजारमा दिनमा करिब ८ सय टन तरकारी भित्रिन्छ । यसले उपत्यकाको मागको करिब ७५ प्रतिशत धान्छ । कालीमाटीमा भित्रिने तरकारीमध्ये करिब ४५ प्रतिशत भारतबाटै आउँछ । भारतबाट सिजनल तरकारी आयात हुन्छ । फलफूलमा भने मागको करिब ७५ प्रतिशत फलफूल आयात हुने गरेको नेपाल फलफूल थोक व्यवसायी संघले जनाएको छ । स्वदेशमा केरा, आँप, सुन्तला र स्याउ उत्पादन भए पनि परिमाण नगण्य छ । अधिकांश फलफूल भारतबाटै आयात गरिए पनि परीक्षणमा सरकारी निकाय लाचार छन् । कृषिजन्य वस्तु भारत निर्यात गर्दा भन्सार शुल्क लाग्दैन तर क्वारेन्टाइन र विषादी परीक्षण हुन्छ । भारतबाट आयात हुने खाद्य वस्तुमा हाल हुँदै आएको विषादीबाहेकका परीक्षण पनि गर्न सकिने बराल बताउँछिन् । कृषि मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग अत्याधुनिक प्रयोगशाला छ । काठमाडौंस्थित उक्त प्रयोगशालामा परीक्षण गर्न सकिने भए पनि विभागले चासो नदिएको बरालको आरोप छ । खाद्य ऐन २०२३ अनुसार खाद्यवस्तुसम्बन्धी गुणस्तर परीक्षण विभागले नै गर्ने हो । तर विभाग आफ्नो दायित्वबाट पन्छिएको बरालले बताइन् । खाद्य प्रविधि विभागका प्रवक्ता मोहन महर्जनले तरकारीमा विषादीको मात्रा परीक्षण हुन नसकेको स्विकारे । केन्द्रमा जीसीएमएस, जीसीएमएसएमएस र एलसीएमएस गरी तीन अत्याधुनिक प्रयोगशाला छन् । तर त्यसबाट परीक्षण हुन नसकेको उनले बताए । विज्ञहरूका अनुसार पहिलो चरणमा स्वदेशमै उत्पादित तरकारी तथा तरकारीमा प्रयोग भएको विषादीको मात्राको पहिचान गर्नुपर्छ । कति मात्रामा विषादी छर्ने पनि तय हुनुपर्छ । त्यसका लागि खाद्य प्रविधि विभागले मापदण्ड बनाउने हो । पछिल्लो समय किसानले कार्बामेट प्रयोग गर्न छाडेको प्रयोगशालाका सूचना अधिकारी राजीवकुमार भण्डारीले बताए ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल