Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकार विधेयक पासको तयारीमा, एमालेले देखाउनेछ संसदमा शक्ति

काठमाडौं । संसदको गतिरोध हटाउने प्रयास सफल हुन सकेको छैन । सभामुखले बोलाएको बैठकमा पनि एमालेले बहिष्कार गरेर संसदको गतिरोध हटाउने योजनामा एमाले नरहेको स्पष्ट पारिसकेको छ ।
आज बस्ने प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेले अवरोध जारी राख्ने भएको छ। सरकार अध्यादेशमार्फत आएको बजेटमाथिको प्रतिस्थापन विधेयक अघि बढाउने तयारीमा रहेकोजनाउँदै एमालेले अहिले विहान ११ बजे बस्ने बैठकमा पनि अवरोध जारी राख्ने भएको हो । यसअघि एमालेले प्रतिनिधि सभाको नवौं अधिवेशनका ४ वटा बैठक अवरोध गरिसकेको छ । माग पूरा नभएसम्म अवरोध जारी राख्ने एमालेले जनाएको छ । यता कर्मचारीलाई तलब खुवाउन आज संसदबाट बजेट पारित गर्नैपर्ने बाध्यतामा सरकार देखिन्छ ।