Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकार विस्तारको तयारी, प्रधानमन्त्री राष्ट्रपति निवासमा

काठमाडौँ । मन्त्रीमण्डल विस्तारअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतल निवास पुगेका छन् । नयाँ मन्त्रीको शपथ गराउने गरी गृहकार्य भइरहेको बेला प्रधानमन्त्री मन्त्रिपरिषद् विस्तार, शपथलगायतका विषयमा परामर्शका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका हुन्।
प्रधानमन्त्री प्रचण्डले भागबन्डा मिलिसकेका दलसँग दिउँसो १ बजेसम्म मन्त्रीको नाम मागेका छन् । त्यसपछि प्रधानमन्त्रीले राष्ट्रपति कार्यालयमा नाम बुझाएपछि सोही अनुसार शपथ लगायतको व्यवस्थापन राष्ट्रपति कार्यालयले गर्नुपर्नेछ । सत्ता गठबन्धनमा रहेकामध्ये ९ दलबीच मन्त्रालय बाँडफाँडमा सहमति जुटेसँगै मन्त्रीमण्डललाई पूर्णता दिन लागिएको हो ।
दिउँसो ३ बजे सपथ
लामो रस्साकस्सी र विवादपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। बिहीबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकको निर्णय अनुसार ख प्रचण्ड नेतृत्वको सरकार विस्तार हुन लागेको हो। आज दिउँसो ३ बजे मन्त्रीहरुलाई शपथ गराउने गठबन्धनको तयारी रहेको एक नेताले डिसी नेपाललाई बताए। बालुवाटारमा बुधबार बसेको बैठकमा सरकारमा सहभागी हुने ९ दलबीच २२ मन्त्रालयमा सहमति भएको नेताहरूले बताएका छन्। जसअनुसार नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५, नेपाली कांग्रेसलाई ८, नेकपा एकिकृत समाजवादीलाई २, जनता समाजवादी पार्टी नेपाललाई २, जनमत पार्टीलाई राज्यमन्त्रीसहित २, लोकतान्त्रिक जनता पार्टी नेपाललाई १, नागरिक उन्मुक्ति पार्टीलाई १, आम जनता पार्टीलाई १ र नेपाल समाजवादी पार्टीलाई १ मन्त्रालय दिने सहमति भएको बताइएको छ। त्यसैअनुरुप कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्ग्याएको छ। कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा ८ जना मन्त्रीको नाम टुङ्ग्याएको हो। कांग्रेसबाट उपसभापति खड्का र रमेश रिजालमध्ये एक जनाले परराष्ट्र र एक जनाले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन्। यस्तै अर्का उपसभापति धनराज गुरुङ् सामान्य प्रशासन, एनपी साउद शहरी विकास, सिता गुरुङ् भूमि ब्यवस्था, डिग बहादुर लिम्बू कानुन, प्रकाश शरण महत अर्थ र मोहन बहादुर बस्नेत स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन्। त्यस्तै, नेकपा माओवादी केन्द्रले हाल सम्हाल्दै आएको एक मन्त्रालय छाडेर गृह लिनेछ। गृहमन्त्रीमा नारायणकाजी श्रेष्ठ जानेछन् भने अन्य मन्त्री यथावत रहनेछन्। यसैगरी, एकीकृत समाजवादीबाट उपाध्यक्ष वेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री बन्दै छन्। उनीहरूको नाम बुधबार बसेको सचिवालय बैठकले मन्त्रीका लागि सिफारिस गरिसकेको छ। यस्तै, जनता समाजवादी पार्टीबाट दुईजना मन्त्री बन्दै छन्। जसपाबाट अशोक राईको नाम पक्का छ भने अर्का एक मन्त्रीमा राजकिशोर यादव या प्रदीप यादवमध्ये एक जना हुनेछन्। जसपाले शिक्षा र वन मन्त्रालय पाउने भएको छ। लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी सर्वेन्द्रनाथ शुक्लको नाम मन्त्री बन्नेमा चर्चामा छ। नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ आफै मन्त्री बन्दै छिन्।