Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरोज र दीपाश्रीको फेसबुक ह्याक

अभिनेता सरोज खनाल, निर्देशक तथा कलाकार दीपाश्री निरौलाको सामाजिक सञ्जाल फेसबुक तथा इन्स्टा ह्याक भएको छ । अभिनेता सरोज खनालले आफ्नो फेसबुक ह्याक भएको र आफ्ना नजिकका साथीसँग पैसा मागेको बताए । उनले आफन्तसँग पैसा मागेको र एकान्टबाट अनेक म्यासेज गरिरहेको बताए । उजुरीका लागि महानगरिय प्रहरी महाशाखा पुगेको सरोजले बताए । उनको फेसबुक ह्याक भएको कुरा अभिनेता गजिट बिष्टले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका हुन् । यता अभिनेत्री दीपाश्रीले पनि आफ्नो फेसबुकबाट नजिकका मान्छेहरुसँग पैसा मागेको बताएकी छन् । ह्याकरले आफन्त तथा फिल्मीकर्मीसँग एक एक लाख मागिरहेको दीपाश्रीले बताईन् । ह्याकरलाई पक्राउका लागि उजुरी हाल्न महानगरिय प्रहरी महाशाखामा पुगेको बताईन् ।