Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सर्वपक्षीय सरकार गठनमा ओली र विप्लव एउटै स्वर

१२ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कम्युनिस्ट पार्टी नेपालका महासचिव नेत्रविक्रम चन्द सर्वपक्षीय सरकार गठन हुनुपर्ने मागमा एकैठाउँ उभिएका छन् ।

एमालेका अध्यक्ष ओलीले जेनजीसहितको सहभागितामा सर्वदलीयरसर्वपक्षीय सरकार गठनको प्रस्ताव नै अघि सारेका छन् । विप्लवले पनि यही प्रस्ताव राखेका छन् ।
चुनाव हुनका लागि विशवासिलो वातावरण बन्नुपर्ने र त्यसका लागि सर्वदलीय र सर्वपक्षीय सरकार गठन हुनुपर्ने विप्लवको पनि आग्रह छ । सर्वपक्षीय अन्तरिम सरकार बन्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण छ विप्लवले भने ।

एमाले अध्यक्ष ओलीले भने राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्च मानवाधिकार एलाइन्स को टोलीसँग भएको भेटमा वर्तमान संकट टार्नेगरी सर्वपक्षीय सरकार बनाउने प्रस्ताव अगाडि सारेका हुन् ।

ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै पुनर्स्थापना हुनुपर्ने बताउँदै आएका छन् । प्रतिनिधिसभाबाट संविधान संशोधन गर्ने र संसद् सदस्य नभएको व्यक्ति चुनावी सरकारको प्रधानमन्त्री नियुक्त हुनसक्ने व्यवस्था गर्नुपर्ने पनि ओलीको प्रस्ताव छ ।

गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । आन्दोलनकै क्रममा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि प्रतिनिधिसभाबाटै सरकार बन्ने अवस्था बनेन । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारलाई आगामी फागुन २१ गते प्रतिनिधि सभाको चुनाव गराउने म्यान्डेड छ ।

सरकार चुनाव गराउने गरी गृहकार्यमा रहेको छ । जेनजी र दलहरूसँग छुट्टाछुट्टै रुपमा संवाद गर्दै आएकी प्रधानमन्त्री कार्कीले बुधबार जेनजी, दलहरू र सरकारबीच त्रिपक्षीय छलफल गर्दैछिन् ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल