Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । भ्रष्टाचारी वीर वीरंगनामाथि कारबाहीको दण्डा चलाउँदा नक्कली भुटानी शरणार्थी र गिरिबन्धु ओझेलमा पारेको षड्यन्त्रकारी दिन असार १५ मा काँग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ । प्रचण्ड सरकार ढालेर नीतिगत भ्रष्टाचार गर्ने भिजिट भिसा शुरु गरेर जनताका अगाडि बहादुरी नै देखिनु पर्ने काँग्रेसको बैठक बोलाइएको हो ।
आसर १५ को षड्यन्त्रपूर्ण योजनाको समिक्षा गर्दा असफल परराष्ट्र नीति, भ्रष्टाचार, कुशासनको थलो गृह मन्त्रालय इयुले हवाई क्षेत्रमा लगाएको उडान प्रतिबन्धका बारेमा चुपचाप पर्यटन मन्त्रालय, ऊर्जा क्षेत्र, तहस नहस पार्ने ऊर्जा मन्त्रालय, वीर गणेशमानको बदनाम गर्ने शहरी विकास, इँटा भटामा ज्युँदा मान्छे पोलेर प्रजातन्त्रको रक्षा गर्ने कानुन मन्त्रालय, जंगलको काठ जंगलमै कुहाएर विदेशी काठ भिœयाउने वन मन्त्रालयका बारेमा छलफल हुँदैन । किनकि ती मन्त्री र मन्त्रालय सभापति देउवा, वरिष्ठ नेता डा. शेखर कोइराला, अर्का नेता डा. शशांकको कोटाका मन्त्री छन् ।
काम गर्ने आँट भएका कृषि र स्वास्थ्य मन्त्रीले समयमा बजेट पाउँदैनन् । तर काँग्रेसले किसानका कुरामा चासो दिँदैन । स्वास्थ्य बीमाको क्षेत्रको समस्या सुन्दैन । बीमा गरेका विरामीको उपचार गर्न सरकारकै अस्पतालहरू चासो दिँदैनन् । काँग्रेसले त्यो हेर्दैन । किनकि काँग्रेस र एमालेलाई जनता चाहिने चुनावमा मात्र हो, होटलमा मासु भात खुवाएर पार्टी धान्नका लागि मन्त्री बन्नासाथ कमाई गर्नुपर्छ । एक वर्षमा सक्ने काम बहुवर्षे योजनामा पारेर ठेकेदारसँग मिलेर देश लुट्नु नै असार १५ को षड्यन्त्र थियो । त्यो षड्यन्त्रले कुलदेवी बचिन, केपी ओली बचेका हुन् । यिनको सुवर्ण दिन हो त्यो ।
अहिले अोली शासनका दर्जनौं काण्ड ओझेलमा छन् । ललिता निवासका नायकहरू पक्राउ परेनन् । जसले मोहीसँग पैसा खन्याएर जग्गा लियो ऊ जेल प¥यो, धरौटीमा हिरा भयो । एमालेलाई पार्टी कार्यालय बनाउन जमिन दियो, कार्यालय नै बनाइदिने भन्दैछ । प्रम पदमा भएका केपी ओलीले जग्गा दान लिए । उनलाई आचारसंहिता लागेन । किनकि अदालतमा उनकै निर्देशन मान्ने न्यायाधीश छन् । प्रहरी उनकै छ, छानविन गर्दैन ।
काँग्रेसलाई भिजिट भिसाको लुट सर्वसम्मवत हुँदैन कि भन्ने पिर थियो । त्यो लुट नक्कली भुटानी शरणार्थी प्रकरण जस्तै थियो । सहभागीहरू शक्तिशाली थिए । आफ्नै बेरोजगार नागरिकसँग देश अनुसार ५० हजारदेखि १० लाखसम्म उठाएर कुम्ल्याउन गृहमन्त्रीले लाज मान्ने कुरै थिएन । कुलायन नै गृमन्त्रीको सहयोगी थिइन् । प्रधानमन्त्रीले ठूला ठेक्का पट्टामा रकम बढाएर कुम्ल्याउन सिकाएकै हुन् । देशको सडक सञ्जाल बढेको छ । प्रदेशका प्रमुख, मुख्यमन्त्रीसम्मलाई करोडौंका हवेली राजधानीमै बनेका छन् । ठूलाको समृद्धि बिना देश विकास हुन्न । कालो बजार र महंगीले मध्यम वर्ग र निम्न वर्ग पीडित छ तर काँग्रेस चासो दिन्न ।
२०८२ असार ३
ताजा नेपाल
२०८२ असार ३
ताजा नेपाल
२०८२ असार ३
ताजा नेपाल