Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सर्वाधिक नाफा गर्नेमा राष्ट्रिय बाणिज्य बैंक

काठमाडौं। बाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै राष्ट्रिय बाणिज्य बैंकले चालु आर्थिक वर्षको तीन महिनामा एक अर्ब १२ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। दोस्रो नम्बरमा नविल बैंकले एक अर्ब १२ करोड ३५ लाख रुपैयाँ नाफा गरेको छ।
बाणिज्य बैंक नाफा गर्नेमा सर्वाधिक भए पनि बृद्धिदर भने धेरै न्यून छ। गत वर्षको भन्दा ०।७५ प्रतिशतले मात्रै बढेको छ। असार यता भन्दा निक्षेप तथा कर्जा विस्तार खुम्चिएको बैंकको खुद व्याज आम्दानी गत वर्षको भन्दा १२.९८ प्रतिशतले घटेको हो।
बैंकले तीन महिनामा दुई अर्ब २६ करोड खुद व्‍याज आम्दानी आर्जन गरेको छ। गत वर्ष यस्तो आम्दानी दुई अर्ब ६० करोड रुपैयाँ थियो। तीन महिनाको अवधिमा निक्षेप संकलन १.४२ प्रतिशतले घटेको छ भने कर्जा विस्तार ०।७५ प्रतिशतले घटेको हो।
बैंकले तीन महिनाको अवधिमा एक खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ४३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। गत असारमा बैंकले एक खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ४४ अर्ब रुपैयाँ ऋण लगानी गरेको थियो।
पूँजीकोष अनुपात १३.९५ प्रतिशत रहेको बैंकको खराब कर्जा भने ३.५० प्रतिशत छ। एक वर्षको अवधिमा बैंकले खराब कर्जामा केहि सुधार गरेको हो। बैंकको कष्ट अफ फण्ड बढेर ३.९७ प्रतिशत छ। बाणिज्य बैंककै एक कार्यक्रममा अर्थमन्त्री डा। युवराज खतिवडाले निक्षेपको व्याज कम्तिमा पनि ुइन्फ्लेसनु कै हाराहारीमा दिन अनुरोध गरेका थिए। यदि यस्तो भएन भने बचतकर्ताहरु प्रति अन्याय हुने प्रतिकृया दिएका थिए।
आधार व्याजदर ६।६० प्रतिशत छ। स्प्रेडदर ५।९६ प्रतिशत छ। तीन महिनाको नाफाको आधारमा मात्रै प्रतिशेयर आम्दानी १२ रुपैयाँ छ।