Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सर्वोच्चको फैसलापूर्व चाल्स मेन्डिजको सक्रियता

  • अर्जुन ज्ञवाली

गतहप्ता सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको आदेशसहित फैसला गरेको छ । यो फैसलाभन्दा पूर्व लामो समयदेखि काठमाडौंको ज्ञानेश्वरमा बस्दै आएका पश्चिमी नागरिक चाल्स मेन्डिजको सक्रियता रहस्यमय छ । उनी पञ्चायतकालदेखिनै नेपालका उच्चस्तरका व्यक्तिहरूलाई क्रिश्चियन मिशनअन्तर्गत युरोप र अमेरिका भ्रमण गराएर आफ्नो नियन्त्रणमा पार्ने व्यक्ति हुन् । यो फैसला दलिय व्यवस्थाभित्र निर्दलीय अभ्यास अन्तर्गत पश्चिमाहरूकै मोडालिटीमा भएको थियो । धेरैले यसलाई भारतको इच्छा भन्दा बाहिरबाट भएको भनिए पनि यथार्थमा त्यो होइन । नेपालका सेना, प्रहरी, न्यायाधीशहरू धेरै आरएसएस मिसनमा सामेल छन् । पूर्व प्रधानसेनापति रुकमाङगद कटवाल, सर्वोच्च अदालतका पूर्व रजिष्टार रामकृष्ण तिमिल्सिना, पूर्व मन्त्री अनुराधा कोइराला, पूर्व उपरथि नरबहादुर कँडेल, पूर्व एआईजी कल्याण तिमिल्सिना, प्राध्यापक बीणा पौडेल, डा. अरुणा उप्रेती, प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेती, डा. आयुष्मा खड्का, डा. सुन्दरमणि दिक्षित, स्वामि रमणानन्द गिरी, स्वामी चुडामणि महाराज, होलिवाइनका संस्थापक प्रा.डा. सुरेशराज शर्मा, पोखरा विश्वविद्यालयका उपकुलपति प्रेमनारायण अर्याल, प्रा.डा. यादवराज कोइराला, सुदूर पश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. अमरराज जोशी, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह, शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, अनिल केडिया, ममता न्यौपाने, वीरगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता, पत्रकार जीवराम भण्डारी, पूर्व प्रहरी नायव निरीक्षक रमेश खरेल, पञ्चाङ्ग निर्णायक समितिका सदस्य बासुदेव कृष्ण शास्त्री,  पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती विश्लेषक अरुण सुवेदी, काँग्रेस नेता विजय गच्छदार र डा. सुरेन्द्र भण्डारी लगायत धेरै विशिष्ट भनिनेहरूर यो सञ्जालसँग जोडिएका छन् । विस्तारै सबै उदांगो हुँदै जानेछन् ।

इसाई, अमेरिका, सीआइए र आरएसएस
आरएसएसले हिन्दू नारामा चीन विरोधी पश्चिमा अनुकूल काम गर्ने गर्दछ । इसाई मिसनसँग जोडिएका नेपालका पूर्व प्रधानमन्त्री तुलसी गिरी, आफ्नो मेडिकल अध्ययनको क्रममा भारतको बिहारमा रहँदा आरएसएसको सम्पर्कमा पुगे । उनले तत्कालिन आरएसएस प्रमुख माधवराज सदा शिवराज गोलबलकरसँग सम्बन्ध राखे । सन् ७० को दशकमा अमेरिकाले भियतनाममा नरसंहार गर्दा आरएसएसले अमेरिकाको समर्थन गरेको थियो । समर्थन गरेको पत्र लिएर भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयी तत्कालिन अमेरिकी राष्ट्रपति जोनसनलाई भेट्न गए । ततपश्चात् उनी मुरारजी देसाईको सरकारमा परराष्ट्रमन्त्री बने । आरएसएसको पहलमा भारजपा गठन भएपछि भाजपाको नेता बने । उनकै पहलमा नेपामला चीनलाई रोक्नका लागि अमेरिकाको सहयोग र नेपाली सेनालाई हात लिएर २०५८ जेठ १९ को दरबार हत्याकाण्ड भयो । नेपालमा ५ वर्ष माओवादी हिंसा मच्चाउँदा भारतमा भाजपाकै सरकार थियो । यिनै बाजपेयीलाई प्रचण्ड र बाबुरामले निवेदन दिएका थिए ।

स्मरण रहोस् डा. तुलसी गिरीसँगको सम्बन्धको उपयोग गर्दै आरएसएसले राजा महेन्द्रसँग सम्पर्क गरे । प्रारम्भिक दिनहरूमा राजा महेन्द्रलाई मकर संक्रान्तिको अवसरमा भारतको नागपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रूपमा नियन्त्रणा गरे । भारतका कर्णाटक राज्यको बैंगलोर शहरमा रहेको आरएसएसको प्रकाशन तथा सम्पर्क संगठन केशव कृपा प्रकाशनबाट किङ महेन्द्र एन्ड आरएसएस नामक पुस्तक प्रकाशन भयो । आरएसएसको मिशन हिन्दू धर्मको एजेन्डामा झुक्याएर नेपाललाई सिक्किमजस्तै खाने, नसके नेपालको सुरक्षा र परराष्ट्र आफ्नो कब्जामा लिने र भुटान जस्तै बनाउने मिसन रहेको कुरा दरबारको गुप्तचर विभागले राजा महेन्द्रलाई सूचना दिएपछि उनी छाँगाबाट खसेजस्तै भए । तत्पश्चात् आरएसएस गतिविधिमा निगरानी बढाइयो ।

राजा महेन्द्रलाई समेत झण्डै झुक्याएर फसाउन खोसेको आरएसएसले नेपालमा मातृभूमि स्वयंसेवक संघको निर्माण गरे । यसलाई सहयोग गर्न भारतीय नागरिक आरएसएस एजेन्ट लक्ष्मणलाल भिन्डेलाई प्रशिक्षण विभागको जिम्मेवारी दिएर पठाए । नेपालका माओवादीलाई भारतमा संक्षण गर्ने भाजपा, आरएसएस र रअ थियो । स्मरण रहोस् गिरिजाप्रसाद कोइरालाले माओवादीसँग कुरा गर्न गोविन्दराज जोशीलाई दिल्ली पठाए । जोशीले डा. बाबुराम भट्टराईलाई भेटे । भट्टराईले ०४७ को संविधान संशोधन गरेर हाम्रा केही माग पूरा भए हिंसा बिसर्जन गर्छौैं भने । तर यो कुरा अटल बिहारी बाजपेयी र जर्ज फर्नान्डिजसँग गर्नु पर्दछ । बाबुरामले भनेको सन्देश जोशीले गिरिजालाई सुनाए । गिरिजाले भाजपा नेता तत्कालिन प्रधानमन्त्री बाजपेयीलाई भेटे । बाजपेयीले माओवादीले संविधानसभाबिना मान्दैन भनेपछि कोइराला आश्चर्यमा परे । भाजपाको उद्देश्य संविधानसभामार्फत् नयाँ मोडेलको भुटान बनाउँदै नेपाल खाने उद्देश्य थियो । संविधानसभामार्फत् नेपालको रक्षा, परराष्ट्र कब्जा गरेर चीन विरोधी आधारक्षेत्र बनाउने योजनाको असफलतापछि अहिले धार्मिक आवरणमा आरएसएमार्फत् खेल्न खोजिरहेका छन् । हिजो माओवादीलाई संरक्षण दिएर नेपालमा मठ मन्दिरमा आक्रमण गर्न लगाउने भाजपा नै थियो । भारतका वर्तमान रक्षामन्त्री राजनाथ सिंहका छोराले भारतबाट निकासी हुने गाइको मासुको सबैभन्दा बढी पैसा लिने गर्दछन् । यसकारण आरएसएसको जालमा पर्नु भनेको आफ्नै आमा बलात्कार गर्न जानु हो । नेपाल हिन्दू राष्ट्र हो, हिन्दू राष्ट्र रहन्छ र बनाउनु पर्दछ । त्यो नेपाल एकीकरणको जगमा निर्माण गर्नुपर्दछ । आरएसएस मिसनमा होइन ।

भाजपा, हिन्दू राष्ट्र भ्रमको एजेन्डा
धेरैलाई भारतमा भाजपाको सत्ता भएको कारण नेपालमा हिन्दू राष्ट्र पुनस्र्थापनामा सहज हुन्छ भन्ने छ । यस्तो प्रचार जासुसी मिशनका मिडिया र सञ्चारकर्मीहरूले गर्ने गर्दछन् । भाजपाको पार्टी निर्माण नै आरएसएसको जग हो । आरएसएसले जसलाई चाहन्छ भाजपामा उही प्रधानमन्त्री र मुख्यमन्त्री हुन्छ । आरएसएसको उद्देश्य नेपाल राष्ट्रको अस्तित्व नै मेट्नु हो । त्यसैको लागि भाजपा सरकारको प्रधानमन्त्री अटलबिहारी बाजपेयी भएकै अवस्थामा दरबार हत्याकाण्ड गराइयो । अब उनीहरू राजा ज्ञानेन्द्रलाई भ्रम दिएर नेपालबाट धार्मिक द्वन्द्व गराई विस्थापन गरेर नयाँ दलाई लामा बनाउन सकिन्छ कि भन्ने प्रयत्न गरिरहेका छन् । यसको लागि जसरी गणतन्त्र ल्याउन सेना र मण्डलेहरूमा रअले सञ्जाल निर्माण गरेको थियो । दल र माओवादीलाई १२ बुँदे सम्झौतामार्फत् एक ठाउँमा ल्याउने वातावरण बनायो त्यसैगरी आरएसएसले सेना, प्रहरी, बुद्धिजीवी, कलाकारहरूमा सञ्जाल फैलाउँदै धर्मको एजेन्डाबाट हाता लिएर धार्मिक हिंसामार्फत् राजालाई फसाएर नयाँ दलाई लामा बनाउन चाहन्छ । आरएसएसको उद्देश्य सीआइए मिशन अन्तर्गत चीन विरोधी केन्द्र निर्माण गर्नु हो । यो कुरा राजा ज्ञानेन्द्रले समयमै बुझ्न आवश्यक छ । अन्यथा नारायणहिटीबाट नागार्जुन पुर्याएजस्तै विदेश लखेट्नेछन् । यो मिशनमा रुकमाङगद कटवालसहितका पूर्व सेनाहरू, पूर्व प्रहरीहरू र मण्डलेहरू इन्डो पश्चिमा मिशनमा क्रियाशील रहेका छन् । आरएसएसको मिसशनमा नेपालका वापमन्थीहरू भरपर्दा नभएपछि उपयुक्त पात्रका रूपमा शेरबहादुर देउवालाई सत्तामा ल्याइएको छ भने हिजोका माओवादीदेखि कथित मधेशवादी भन्नेहरूलाई पनि सामेल गराइएको छ ।

विश्वहिन्दू महासंघको फरक अभियान
सबै हिन्दूहरू एक हुनुपर्ने नारामा आरएसएससहितको नेपालको अस्तित्वमाथि धावा बोल्नेहरू चिल्लाइरहेका छन् । यसकारण दरबार, काँग्रेस ब्यानरमा आरएसएस मिसनअन्तर्गत हिन्दूत्वमा खेल्न आएपछि नेपाल एकीकरणको लिगेसीमा फरक ढंगबाट सबै प्रकारका साँस्कृतिक साम्राज्यवादीहरूसँग संघर्षको एजेन्डासहित फरक ढंगले विश्वहिन्दू महासंघ गठन भएको छ । यसको उद्देश्य हिन्दूत्वको नाममा सिआइए मिसनमा आएका स्कोन, कृष्ण प्रणामी, राधेराधे, हरेराम हरेकृष्ण, ब्रम्हकुमारी राजयोग, आरएसएस विरुद्ध भण्डाफोर अभियान पनि रहनेछ । यसरी एकातर्फ धर्म निरपेक्षताको व्यानरमा आएको इसाई मिसन र अर्कोतर्फ हिन्दू आवरणको सिआइए मिशन दुवैसँग पेचिलो संघर्ष साथ जनतालाई जागरुक बनाउन जरुरी छ । सबैलाई चेतना भया ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल