Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सर्वोच्चको सेटिङमा अख्तियारको धावा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतका एक जना नायव सुब्बालाई पक्राउ गरेको छ ।अदालतमा हुने मुद्दाको सेटिङको घटनाबारे अनुसन्धानका क्रममा अदालतको अभिलेखालय शाखामा कार्यरत नासु सुधिर खड्कालाई पक्राउ गरिएको अख्तियार स्रोतले जानकारी दियो ।
अख्तियार स्रोतका अनुसार नासु खड्काले सर्वोच्च अदालतकै एकजना न्यायाधीशको नाम लिएर मुद्दा मिलाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग डिल गर्ने गरेका थिए ।
सोही सूचनाका आधारमा खड्कालाई पक्राउ गरिएको अख्तियार स्रोतले जानकारी दियो । पहिलेदेखि नै अनुसन्धान भइरहेको घटनामा उनको संलग्नता देखिएका कारण नियन्त्रणमा लिइएको हो । खड्कालाई सोमबार पक्राउ गरिएको अख्तियार स्रोतले जानकारी दियो ।
अख्तियार स्रोतका अनुसार नासु खड्कामाथि गुपचुप रुपमा छानबिन भइरहेको छ । सन्धानका क्रममा अरुको संलग्नता देखिए थप व्यक्ति पनि पक्राउ पर्न सक्छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता (सहसचिव) प्रदीप कोइरालाले अनुसन्धानकै क्रममा रहेको घटनाका विषयमा कुनै प्रतिक्रिया दिन नमिल्ने बताए ।
खड्का पक्राउको विषयलाई सर्वोच्च अदालत स्रोतले पनि पुष्टि गरेको छ । तर, सर्वोच्चका अधिकारीहरुले उनको पक्राउबारे आधिकारिक जानकारी दिन मानेनन् ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल