Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
सर्वोच्च अदालतको इतिहासमा पहिलो पटक गोला प्रथाद्वारा ११ वटा इजलास गठन भएका छन् ।
पेसी व्यवस्थापन समितिका तर्फबाट आज पहिलो पटक ११ इजलास गठन भएका छन् । ११ इजलासमा २१७ मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ ।
सर्वोच्च अदालतको संशोधित नियमावलीले व्यवस्था गरेअनुसार आज पहिलो पटक गोला तानेर इजलास गठन गरिएको हो ।
गोला प्रणाली लागु भए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ ।
नेपाल बारका महासचिव लिलामणि पौडेलका अनुसार साढे १२ बजेसम्म अदालत परिसरमा शान्तिपूर्ण धर्ना दिने कार्यक्रम छ । बारले जबराको राजीनामा नआएसम्म आन्दोलन नरोक्ने बताउँदै आएको छ ।
२०८३ असार २
ताजा नेपाल
२०८३ असार २
ताजा नेपाल
२०८३ असार २
ताजा नेपाल