Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सर्वोच्चले नै गर्यो इम्बोस्ट नम्बरमा राष्ट्रघात

  • अर्जुन ज्ञवाली

सर्वोच्च अदालतले नेपालको संविधान २०७२ को विरुद्ध पश्चिमा मिसनमा नेपाली भाषा, संस्कृति समाप्त गर्ने उद्देश्यले मोटो रकममा बिक्री भएर फैसला गरेको छ । हुन त भनिन्छ, जुन घरमा राणा छ त्यसको घरका राष्ट्रियता हुँदैन । यसकारण राजा त्रिभुवनले राणाहरूसँग सम्बन्ध विच्छेद गर्न खोजेका थिए । राजा महेन्द्रले रत्नलाई विवाह गर्दा त्रिभुवन अनुपस्थित थिए । त्रिभुवनको यो दूरदर्शीता कति सत्य रहेछ भन्ने कुरा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले नेपाली भाषामाथि प्रहार गर्ने उद्देश्यले फैसला गरेको राष्ट्रघाती इम्बोस्ड नम्बरले पनि पुष्टि गरेको छ ।
तथाकथित ‘सरल र प्रविधिमैत्री’ को आवरणमा नेपालीहरूको अस्तित्व र महत्वसँग जोडिएको लिपी, भाषा र संवैधानिक गोपनियताको हकलाई नै समाप्त पार्ने उद्देश्यले सर्वोच्चले यो फैसला गरेको छ । आफ्नो नैसर्गिक, संवैधानिक, भाषिक र गोपनीयताको हकसमेत गुमाउनु पर्ने बाध्यता यो फैसलाले गराएको छ । हामी नेपालीहरू आज हाम्रो सार्वभौम अस्तित्वमाथि नै धावा बोल्ने आत्मघाती ‘इम्बोस्ड नम्बर प्लेट’ तुरुन्तै अङग्रेजी भाषा हटाएर नेपाली अक्षरलाई निरन्तरता दिन जरुरी छ । राज्यका कार्यपालिका, न्यायपालिका र विशेषगरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी, गुप्तचर निकायको नियमन र निगरानी समेत गर्ने यो असंवैधानिक आत्मघाती इम्बोस्ड नम्बर प्लेट निर्माता कम्पनीबाट नै हुने र यसको प्रतिलिपि अधिकार नेपाल सरकार, यातायात मन्त्रालयमा नभएको हुँदा यो आपत्ति जनक, असंवैधानिक, आत्मघाती निर्णय नेपालको राष्ट्रिय सुरक्षामा दीर्घकालिन आघात पर्ने हुँदा यो आत्मघाती इम्बोस्ड नम्बर प्लेट प्रयोग नगरौं ।
देवनागरी लिपि, वर्णाक्षरहरू अंक र सम्पूर्ण नेपालीहरूको गोपनीयताको हकसमेत समाप्त पार्ने अत्याचारलाई बन्द र रद्द गर्न ज्यूदा नेपालीहरू ब्यूझन आवश्यक छ । भारतको संविधानमा समेत मान्यता पाएको नेपाली भाषा आज आफ्नै देश नेपालमा प्रयोजन विहीन बनाउने पीडादायी अत्याचार र अत्याचारीहरू नेपाल प्रज्ञा प्रतिष्ठानदेखि सर्वोच्च अदालतसम्मबाट गरिएका बदमासीहरू नेपाल राष्ट्रको विरुद्ध छ । ती भाषाघातीहरूबाट हाम्रो भाषाको लिपि, वर्णाक्षर, अंक बचाउन सम्पूर्ण नेपालीहरू एकतृत हुन जरुरी छ । सवारी साधनहरूमा प्रयोग हुने संख्यापाटी (नम्बर प्लेट) लेखेर आफ्नो पेशा व्यवसाय चलाइराखेका आफ्नो देशभित्रका सम्पूर्ण नेपाली मजदुरहरूको रोजीरोटी खोस्ने र व्यवसायमा गैरकानुनी ढंगबाट ताल्चा लगाउने बेइमानी भएकाले तस्कर र माफियाहरूको बेइमानीलाई परास्त गर्न सार्वभौम सत्तासम्पन्न सम्पूर्ण नेपालीहरूले यो असंवैधानिक आत्मघाती इम्बोस्ड नम्बर प्लेट बन्द गरौं । नेपालमा सञ्चालन हुने नेपाली सवारी साधनहरूमा देवनागरी लिपिमा आधारीत अक्षर र अंकहरूलाई नै प्रयोग गरौं । आफ्नो भाषामा बर्णाक्षर र छुट्टै लिपि नभएका देशहरूले मात्र अरु भाषाको लिपि र वर्णाक्षरहरू एवं अंक लिएर काम चलाउन वैकल्पिक उपाय अपनाएका छन् । हाम्रो भाषामा भएका पर्याप्त बर्णाक्षर अंक र संसारकै सर्वोत्कृष्ट देवनागरी लिपिलाई नै समाप्त पारेर भाषालाई कथ्यमा मात्रै सीमित राख्ने फिलिपिन्समा जस्तै रोमनीकरण गरेर समाप्त गर्ने विषाक्त योजनामा ल्याइएको आत्मघाती इम्बोस्ड नम्बर प्लेट वहिष्कार गरौं ।
नेपालमा सञ्चालन हुने सवारी साधनहरूमा प्रयोग हुने संख्या पाटी (नम्बर प्लेट) नेपालकै ट्राफिक प्रहरी र यात्रुहरूको हित प्रयोजनका लागि हो । असंवैधानिक इम्बोस्ड नम्बर प्लेट प्रयोगपछि हाम्रा यातायातका साधनहरूलाई चालकहरूले अरु देशमा सञ्चालन गरेर आफ्नो आम्दानीको स्रोत बढाउन सक्ने होइन । उल्टो आफ्नो भाषिक अधिकार, गोपनीयताको हक र आफ्नो देशमा रहने राजश्व सधैंका लागि विदेशी कम्पनीलाई बुझाउन बाध्य र विवश बनाउने र नेपालका ट्राफिक प्रहरी सडकमा यात्रा गर्ने सम्पूर्ण यात्रुहरूलाई सधैंभरि भ्रम उत्पन्न गराएर तस्कर र माफियाहरूको रकममा आफ्नो देशको अस्तित्व र महत्वलाई निस्तेज बनाउने स्वयं नेपालको संविधान २०७२ विरुद्ध गरिएको निर्णय इम्बोस्ड नम्बर प्लेटलाई सधैंका लागि परित्याग गरौं ।