Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सर्वोच्च अदालतमा आगो झोस्ने दुई जना समातिए

काठमाडौं । आन्दोलनका नाममा अराजकता मच्चाउनेहरु धमाधम पक्राउ पर्न थालेका छन् । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते तोडफोडमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–१ की वर्ष २८ की ज्योति थापा घताने र ललितपुरको महालक्ष्मी नगरपालिका–५ का वर्ष ३० को ब्राउन भन्ने सुशील श्रेष्ठ रहेका छन्। उनीहरूले सर्वोच्च अदालतमा तोडफोड तथा आगजनी गरेको प्रहरीको आरोप छ। आरोपी दुवै जनालाई काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आपराधिक उपद्रवमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।


सम्बन्धित समाचार

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल

गगनले सभापति छाडे के हुन्छ काँग्रेस ?

२०८२ फाल्गुन २६

ताजा नेपाल