Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सर्वोच्च अदालत : मिशन युरो–सिइआइए केन्द्र

  • अर्जुन ज्ञवाली

अदालतको कु मार्फत् शेरबहादुर देउवाको पुनस्र्थापनामा सेटिङका आधारमा प्रधानन्यायाधीशको सत्ता साझेदारी भागवण्डाको विषय छताछुल्ला भएपछि बहस तातेको छ । नेपालको सर्वोच्च अदालत युरो, क्रिश्चियन र पश्चिमाहरूको केन्द्र हो भन्ने कुरा लुकेको विषय होइन । फरक के हो भने अहिले जनसाधारणले बुझ्ने गरी नांगिएको मात्रै हो ।

अमेरिकाको ग्रिनकार्ड बोकेर सर्वोच्च अदालतको प्रधानन्यायाधीश बनेका विश्वनाथ उपाध्यायले सधैंभरि इन्डो सिआइए मिशनमा काम गरे । विगतमा गिरिजाप्रसाद कोइरालाले गरेको मध्यावधि निर्वाचनलाई सदर गर्ने विश्वनाथ उपाध्यायले त्यही धारा प्रयोग गरेर मनमोहन अधिकारीले संसद विघटन गर्दा संसद पुनस्थापना गरेका थिए । पछिल्लो चरणमा नेपालमा संसदीय व्यवस्थामा अस्थिरता त्यही विश्वनाथको निर्णयबाट शुरु भएको थियो । त्यतिमात्र होइन । युरोपियन क्रिश्चियनको डलरमा बिक्री भएर मदन पुरस्कार गुठीसँग समन्वय गर्दै नेपाली भाषा समाप्त गर्ने मिशनमा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र रजिस्टार रामकृष्ण तिमिल्सिनाको संलग्नता, क्रियाशीलता र राष्ट्रघात सबैका सामु खुल्ला पुस्तक जस्तै छ ।

सुशिला कार्की जो कल्याण श्रेष्ठकी डमी पात्र हुन् । उनी प्रधानन्यायाधीश हुँदा प्रचण्डले गर्न लागेको चीनसँगको बीआरआई सम्झौता रोक्नका लागि प्रचण्डलाई जेल हाल्नेसम्मको निर्णय कल्याण श्रेष्ठको इशारामा गर्न लागेपछि उनलाई महाअभियोग दर्ता गरिएको थियो । उनकै समयमा अदालतभित्र युरोपियन एनजीओलाई खुलम खुल्ला भिœयाइएको थियो । गढिमाईको ऐतिहासिक बलीप्रथाविरुद्ध विष बमन गर्दै क्रिश्चियनको थैलोका भरमा आदेश जारी गर्ने पनि सुशीला कार्की हुन् ।

स्मरण रहोस् उनका पति दुर्गा सुवेदी तत्कालिन रअका निर्देशक रामेश्वरनाथ कावको निर्देशनमा गिरिजाप्रसादसँगै ३० को दशकमा नेपाल एयरलाइन्सको हवाइजहाज लुट्ने लुटेरा हुन् । यो कुरा जिवित छँदै नेपाल साप्ताहिकमा जगत नेपाललाई दिएको वार्तामा गिरिजाप्रसाद कोइरालाले आफैं खुलासा गरेका थिए ।

वर्तमान प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा क्रिश्चियन डलरमा बिकेर इम्बोस्ड नम्बरको फैसला वर्तमान संविधान विपरित गरेका छन् । करिब नेपाल बार र अदालत भनेको न्यायाको केन्द्र होइन दलालहरूको सेटिङ मिलाउने अखडा बनेको छ । तथाकथित बार एसोसिएसन भनेको सिन्धुपाल्चोकका चेलीहरूलाई बम्बैमा बिक्री गर्ने सुकिला मुकिला दलालहरूको समूह बनेको छ । फरक के हो भने यिनीहरू वैधानिक रुपमा कालो कोट भिरेर दलाली गरिरहेका छन् ।

यसकारण प्रश्न चोलेन्द्रसमशेर जबराको होइन, विक्रम सम्बत २०१८ सालमा भित्रिएको अमेरिकी जासुसी मिशन पिसकोरको जगमा निर्माण अदालतको पुनर्गठनको हो । सरासर नियमसंगत रुपमा प्रधानन्यायाधीश बन्न लागेका प्रदीप प्रतापबम मल्ललाई अदालतमा मुद्दा हाल्त लगाउने र रुकमाङगद कटवालले प्रधान्यायाधीशको फुली लगाएपछि बल्ल निर्र्दोष हुन् भनेर फैसला गर्ने पनि यही अदालत हो । स्मरण रहोस् कटवाललाई पहिल्यै रअ र सिआइएले आफ्नो विश्वासपात्र बनाइसकेको हुनाले त्यही मिशनमा नै प्रदीप प्रतापबम मल्ललाई विवादमा ल्याएर कटवाललाई प्रधानसेनापति बनाइएको थियो ।

यसैगरी सर्वोच्च अदालतका कामु प्रधानन्यायधीश दीपकराज जोशीलाई अनावश्यक विवादमा ल्याउने र कान्तिपुरमार्फत् इन्डो क्रिश्चियन मिशनमा प्रपोगण्डामा ल्याएर चोलेन्द्रसमशेरलाई प्रधानन्यायाधी बनाउन बाटो खोल्ने अपराधीहरू पनि वर्तमान घटनाका लागि जिम्मेवार छन् । यसकारण प्रश्न वर्तमान प्रधानन्यायाधीशको मात्रै होइन, युरो अमेरिकी क्रिश्चियन रणनीतिमा निर्माण भएको सेटिङ अदालतको संरचनाको हो । सेटिङमा फैसला गर्ने के चोलेन्द्र मात्रै हुन् ? अन्य चार जना न्यायाधीश चोखा छन् ? यसकारण राजीनामा चोलेन्द्रसमशेर जबराले मात्रै होइन, पाँच जना न्यायाधीशले पनि दिनु पर्दछ र बार एसोसिएसन जस्तो युरो क्रिश्चियन एनजीओ खारेज गर्नुपर्दछ ।